Skip to main content
उधोगी व्यावसायीले भोग्दै आएका दुखकष्ठ एंव सास्ती पुर्ण रुपमा हटाउने बिरु चौधरीको प्रतिबद्धता
पी सी एन
बर्दिया,३१भदौ । साझा समावेशी व्यावसायिक प्यानलबाट अध्यक्ष पदको उम्मेदवार घोषणा गरेका गुलरिया उधोग बाणिज्य संघका प्रथम उपाध्यक्ष युवा उधमी एंव समाजसेवी बिरबहादुर चौधरी (बिरु)ले आफु अध्यक्ष भएमा बर्दियाका उधोगी व्यावसायीले भन्सार नाका , कर कार्यालय , प्रहरी प्रशासन र अन्य ठाउबाट भोग्दै आएका दुखकष्ठ एंव सास्तीपुर्ण व्यवहारहरु हटेर जाने बताएका छन् ।यहि असोज ३ गते हुन लागेको गुलरिया उधोग बाणिज्य संघको ८औं अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी घोषणा गरेका प्रथम उपाध्यक्ष चौधरीले प्रेस क्लब अफ नेपाल (पी सी एन) संगको साक्षात्कारमा व्यवसायीहरुले सरकार र अन्य समुहबाट भोग्दै आएका सास्तीलाई हटाई ब्यावसायीले चाहेजस्तो ब्यावसायीक र औधोगिक वातावरण बनाई बर्दियाका ब्यापारीहरुको हकहित र कल्याणमा उत्कृष्ट र गर्व गर्न लायक काम गरि जिल्लालाई नै आर्थिक रुपले समृद्ध बनाउने कार्यमा आफुले सहयोग पुरयाउने बताए ।बर्दिया जिल्ला र गुलरिया नगर क्षेत्रलाई व्यावसायीहरुका लागि सुरक्षित स्थलको रुपमा विकास गर्दे समृद्ध बर्दिया निर्माणका लागि पहल गर्ने बताउदै उनले स्वदेशी तथा विदेशी लगानीलाई आर्कर्षित गर्दे गुलरिया ,भुरिगाउ,मगरागाडि,मैनापोखर र कालिका क्षेत्रमा औधोगिक विकासको वातावरण निर्माण गर्ने पनि बताए । स्वदेशी तथा विदेशी लगानीमा यस क्षेत्रमा साना,ठुला र मझौला उद्योगहरुको विकास तथा विस्तार भएमा युवाहरुलाई रोजगारीको वातावरण पनि सृजना हुने उनको विश्वास छ । बर्दियामा ब्यावसायी र जिल्लावासीले चाहेको औधोगिक , व्यावसायिक र भौतिक पुर्वाधार विकासको वातावरण बनाउन आफुले गुलरिया मुर्तीहा नाका यथाशीघ्र संचालनमा ल्याउन , ,हुलाकी राजमार्ग यथाशीघ्र निर्माण गर्न र भुरिगाउ हुदै सुर्खेत तेलपानी जोडने बाटो निर्माणमा प्रभावकारी भुमिका खेल्ने उनको प्रतिबद्धता छ ।उधोग बाणिज्य संघमा बिभिन्न पदमा बसि संघ संचालनमा अनुभव संगालेका चौधरीले आफु अध्यक्ष भएमा व्यावसायीहरुको सुविधाका लागि आन्तरिक राजस्व कार्यालयको शाखा गुलरियामा नै स्थापनाका लागि पहल गर्ने र कृष्णसार,बढैयाताल ,बर्दिया राष्ट्रिय निकुञ्ज लगायतका पर्यटकीय क्षेत्रहरुको प्रचारप्रसार गरि स्वदेशी तथा विदेशी पर्यटक भित्रयाई ब्यापारिक र व्यावसायीक कारोबारको बढाउने बताए । उनले आफु अध्यक्षको उम्मेदवार बनेको साझा समावेशी व्यावसायीक प्यानलबाट प्रथम उपाध्यक्षमा हिमालय त्रिपाठी ,द्धितीय उपाध्यक्षमा मनोज यादव,तृतीय उपाध्यक्षमा अजीत राज भण्डारी महासचिवमा शिवहरी पौडेल,सचिवमा पुष्कर सापकोटा,कोषाध्यक्षमा गंगा पोखरेल र सह कोषाध्यक्षमा मोहित पौडेलले उम्मेदवारी घोषणा गरेको जानकारी दिए ।सो प्यानलबाट कृष्ण ढकाल,दुर्गाप्रसाद काफले ,टेकलाल थारु,दिनेश यादव,सकिल अहमम सिद्धकी,संगीता महतारा,गोकर्ण रेग्मी,प्रदिप यादव,मिनबहादुर खत्री,मनिष गुप्ता ,सन्तोष कुमार गुप्ता,रामप्रकाश गुप्ताले सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।
Comments
Post a Comment