गुलरियामा बिविध कार्यक्रम गरि बाल दिवस मनाईयो

सन्तोष यादव पी सी एन
बर्दिया,२९भदौ । राष्ट्रिय बाल दिवस २०७४ को उपलक्ष्यमा बर्दियामा निबन्ध प्रतियोगिताका बिजयी  र प्रवेशिका परीक्षा अर्थात एसईई मा बढि अंक ल्याउने बिद्यार्थीहरुलाई पुरस्कृत गरिएको छ ।
सामाजिक कानुनी सहायता केन्द्र,ओरेक नेपाल,राधाकृष्ण थारु जनसेवा केन्द्र र प्लान ईन्टरनेशनलको सहयोगमा जिल्ला बाल कल्याण समिति बर्दियाले गुलरियामा आयोजना गरेको विशेष कार्यक्रममा उनीहरुलाई पुरस्कृत गरिएको हो ।
राष्टिय बाल दिवस २०७४को मुल नारा बालमैत्री शासन बाल अधिकारको सम्मान बिषयक निबन्ध प्रतियोगितामा प्रथम हुने त्रिभुवन मा वि भुरिगाउका गायत्री न्यौपाने, द्धितीय हुने पाञ्जजन्य मावि पदनाहाका पफहिम खान ,तृतीय हुने रामजानकी मा वि भैसासुरका दिक्षा वली र सान्त्वना स्थान प्राप्त गर्ने जनता मा वि गोलाका सुभाष थारुलाई  पुरस्कृत गरिएको हो ।
प्रतियोगितामा प्रथम ,द्धितीय,तृतीय र सान्त्वना हुनेलाई नगद रु ५हजार,४हजार,३हजार र २हजार प्रदान गरिएको छ ।
निबन्ध प्रतियोगिताका बिजयी र एस ई ई मा उत्कृष्ट अंक ल्याउनेहरुलाई जिल्ला बाल कल्याण समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराई, जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारु,स्थानीय विकास अधिकारी तेजराज शर्मा,महिला विकास अधिकृत गीराकुमारी बस्नेतले पुरस्कार तथा प्रमाण पत्र बितरण गर्नुभएको थियो ।

कार्यक्रममा एस ई ई तर्फ उत्कृष्ट अंक ल्याउने जय कालिका मावि मुनाल बस्तीका रक्षा थपलिया,बगलामुखी मावि गुलरियाका इन्द्रबहादुर थारु,लिटल हेभनका निहारिका सिग्देल,जनज्योति मावि गुलरियाका निश्चल पौडेल र नवीन त्रिपाठीको पुरस्कार र प्रमाण उनीहरुका अभिभावकहरुलाई प्रदान गरिएको थियो ।
जिल्ला बाल क्लब  संजालका सचिव सुविक्षा गौतमको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराई,महिला विकास अधिकृत गीरा कुमारी बस्नेत ,स्थानीय विकास अधिकारी तेजराज शर्मा,बिद्यालय निरीक्षक बीरबहादुर धामी,जिल्ला समन्वय समितिका प्रमुख शंकर थारु,पत्रका महासंघका प्रदेश सभासद एंव प्रेस क्लब अध्यक्ष यम घिमिरे,बगलामुखी मा विका प्राचार्य भेजेन्द्र थापा लगायतले मन्तब्य राख्नु भएको थियो ।
मन्तब्य राख्ने अधिकांश बक्ताहरुले बालबालिकाको शिक्षा,स्वास्थ्य ,पोषणका क्षेत्रमा स्थानीय तहमा अधिकतम बजेट विनियोजन गर्न, बालमैत्री भौतिक संरचनाहरुको निर्माण गर्न,बालबालिका सम्बन्धि निर्णय बालबालिकाको सहभागितामा गर्न सरकार,संघसंस्था र स्थानीय तहलाई सुझाव दिएका छन् ।
गुलरियास्थित जिल्ला समन्वय समितिको हलमा औपचारिक कार्यक्रम हुन अघि बालिबालिका सम्मिलित –यालीले गुलरिया बजारको परिक्रमा गरेको थियो ।  


Comments