बर्दियाको पहिचान अभिबृद्धि गर्न सुचना,संचार र प्रविधिको क्षेत्रमा कृयाशीलहरुले एकजुट भई कार्य गर्नुपर्नेमा जोड


पी सी एन
बर्दिया, २१ भदौ । कम्प्युटर एशोसियसन नेपाल महासंघ(क्यान फेडरेशन) का केन्द्रिय उपाध्यक्ष संजय थापाले  कृषि,वन र वन्यजन्तु,पर्यटन र सांस्कृतिक रुपले सम्पन्न बर्दियाको पहिचान अभिबृद्धि गर्न सुचना,संचार र  प्रविधिको क्षेत्रमा कृयाशीलहरुले एकजुट भई कार्य गर्नुपर्ने बताएका छन्।
महासंघ जिल्लाश शाखा बर्दियाको दोस्रो जिल्ला अधिवेशन तथा तेस्रो साधारण सभालाई बुधबार गुलरियामा उद्घाटन गर्दे उपाध्यक्ष थापाले ओझोलमा पारिएको विकास गतिविधिलाई तीव्र बनाउन संचारकर्मी र सुचना प्रविधिकहरुको महत्वपुर्ण भुमिका रहेको बताउदै  ग्रामीण क्षेत्रमा सुचना प्रविधिको प्रयोग बढाउन सरकारलाई आग्रह समेत गरे  ।
उपाध्यक्ष थापाले सुचना प्रविधिको प्रयोग बढाउन नेपाल सरकारले पर्याप्त बजेट बिनियोजन गरेपनि  उचित व्यवस्थापन नहुदा सो बजेट दुरुपयोग भईरहेको बताए 
उद्घाटन समारोहलाई सम्बोधन गर्दे प्रेस क्लब अफ नेपाल पी सी एनका केन्द्रिय अध्यक्ष यम घिमिरेले सुचना प्रविधिको क्षेत्रमा कृयाशील कम्प्युटर एशोसियसन नेपाल महासंघ त्यसका प्राविधिक र संचारकर्मीहरु बीचको  सहकार्यले ग्रामीण क्षेत्रका जनतामाझ सुचना आदान प्रदान प्रभावकारी भई विकास निर्माणले तीव्र गति लिने बताए ।
कम्प्युटर एशोसियसन नेपाल महासंघ(क्यान फेडरेशन) का बर्दिया जिल्ला अध्यक्ष गोविन्दप्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा क्यान फेडरेशन बर्दियाका संस्थापक अध्यक्ष प्रशान्त टण्डन, सुर्खेत अध्यक्ष प्रेमप्रकाश चन्द,बांके अध्यक्ष भोजराज तिमल्सििना लगायतले बोल्नु भएको थियो ।

Comments