वी पी को समाजवाद बमोजिम आर्थिक तथा सामाजिक विकासद्धारा नेपाललाई समृद्धशाली बनाउनु पर्ने कंग्रेस नेता खनालको जोड


पी सी एन
बर्दिया,२४भदौ । नेपाली कांग्रेसका महासमिति सदस्य एंव नेपाली कांग्रेस बर्दियाका पुर्व सचिव विद्याप्रसाद खनालले देशमा राजनैतिक उपलब्धि हासिल भईसेकेको बताउदै अब सबैले वी पी कोईरालाले परिकल्पना गरेको प्रजातान्त्रिक  बमोजिम आर्थिक तथा सामाजिक विकासद्धारा नेपाललाई समृद्धशाली बनाउनु पर्ने बताएका छन् । 
नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव नेपाली कांग्रेसका संस्थापक नेता  वी पी कोईरालाको १०४औं जन्मजयन्तीको अवसरमा प्रेस क्लब अफ नेपाल (पी सी एन) ले शनिवार गुलरियामा आयोजना गरेको अन्तरसम्वाद कार्यक्रमलाई सम्बोधन गर्दे महासमिति सदस्य खनालले वी पी को प्रजातान्त्रिक समाजवादलाई सम्झदै केन्द्र ,प्रदेश र स्थानीय तहमा आर्थिक,सामाजिक  र भौतिक विकास  गरि नेपाललाई समृद्ध बनाउनु पर्र्नेे बताए ।
महासमिति सदस्य एंव कांग्रेस नेता खनालले वी पी कोईराला र नेपाली कांग्रेसको आवहानमा  २००७ सालमा भएको राजनैतिक क्रान्ति पछि नेपालमा प्रजातन्त्रको लहर शुरु भएको २०७२सालमा नेपाली कांग्रेसको नेतृत्वमा संविधान जारि भई नेपालमा जनताले चाहेको समावेशी लोकतन्त्र शुरु भएको बताउदै लोकतन्त्रको संस्थागत विकासलाई नेपालले आर्थिक तथा सामाजिक क्षेत्रमा छिट्टै समृद्धि हासिल गर्न जरुरी रहेको बताए ।
देशमा ब्याप्त बेथिति र  भष्ट्रचारले लोकतन्त्रको संस्थागतको विकासमा अवरोध पुरयाउन थालेकोमा चिन्ता ब्यक्त गर्दे नेता खनालले त्यसलाई रोक्न पार्टी र सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले रोजगारीका युवाहरुको वैदैशिक पलायनलाई रोक्न स्थानीय ,केन्द्र र प्रदेश सरकारले युवाहरुलाई स्वरोजगार बनाउन सीपमुलक तालिम ,सहुलियत दरमा ऋृण र व्यापार व्यवसाय तर्फ प्रोत्साहन गर्नुपर्ने बताए । 
प्रेस क्लब अफ नेपाल पी सी एन को केन्द्रिय अध्यक्ष यम घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस बर्दियाका सचिव जीवन मल्ल,सहसचिव प्रेमलाल थारु, सदस्यहरुद्धय कमलप्रसाद रेग्मी र सुधांशु शर्मा,नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल,नेपाल प्रेस युनियनका अध्यक्ष बिनयराज भण्डारीले मन्तब्य ब्यक्त गर्नुभएको थियो । 
मन्तब्य ब्यक्त गर्दे अधिकांश वक्ताहरुले स्थानीय तहका जनप्रतिनिधिहरुले स्थानीय तहमा छिटो,छरितो र पारदर्शी रुपमा सेवा प्रवाह गरेमा वी पी कोइरालाको प्रजातान्त्रिक समाजवादलाई व्यवहारमा उर्तान सुझाव दिएका थिए ।

Comments