बाढी पीडित,हुलाकी सडक र जब्दीघाट पुल नया प्रजिअको प्राथमिकतामा


पी सी एन
बर्दिया,२० भदौ । बर्दियाका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बाढीपीडितको तथ्यांक संकलन एंव राहत बितरणमा भएको अनियमितता 
, हुलाकी सडक निर्माणमा भएको ढिलाई र जब्दीघाट पुलको बारेमा उचित छानबिन हुने बताउनु भएको छ ।

बर्दियाका संचारकर्मीहरुसंग जिल्लाको समयसामयिक वस्तुस्थिति र  समग्र अवस्थाको बारेमा मंगलबार  जिल्ला प्रशासन कार्यालय गुलरियास्थित आफनै सभाकक्षमा आयोजित अन्तरकृया एंव परिचयात्मक कार्यक्रममा उंहाले सो कुरा बताउनु भएको हो । 

अन्तरकृया कार्यक्रममा बर्दियाका संचारकर्मीहरुले जिल्लाको सबै पत्रकारहरुसंग प्रभावकारी समन्वय गर्न ,लागु औषध,तश्करी ,मानव बेचबिखन नियन्त्रणमा विशेष चासो दिन र चाडपर्व र अन्य बेलामा सीमावर्ती क्षेत्रबाट हुने चोरीका घटना हुन नदिन विशेष सर्तकर्ता अपनाई शान्ति सुरक्षा चुस्तदुरुस्त र प्रभावकारी बनाउन सुझाव दिएका थिए।
कार्यक्रममा नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल,प्रेस क्लब अफ नेपाल (पी सी एन )का केन्द्रिय अध्यक्ष  एंव पत्रकार महासंघका प्रदेश सभासद् यमनाथ घिमिरे, प्रेस युनियनका जिल्ला अध्यक्ष बिनयराज भण्डारी,प्रेस चौतारीका जिल्ला अध्यक्ष डिलप्रकाश गौतम,प्रेस सेण्टरका मेघराज सिग्देल लगायतले प्रमुख जिल्ला अधिकारीलाई जिल्लाको समग्र वस्तुस्थितिको बारेमा जानकारी गराउनु भएको थियो ।


Comments