स्याङजा समाज जापानद्धारा बर्दियाका बाढीपीडितहरुलाई राहात वितरण


पी सी एन
बर्दिया,२४ भदौ ।  पी सी एन बांकेका जिल्ला अध्यक्ष एंव कृष्णसार एफ एमका समाचारप्रमुख पत्रकार सावित्री गिरीको संयोजनमा स्याङजा समाज जापानले शनिवार बर्दियाको  गुलरिया नगरपालिका वडा नम्बर ३ का बाढिपिडितहरुलाई १ लाख ५० हजार मुल्य बराबरको राहात वितरण गरेको छ ।
स्याङजा समाज जापानमा आवद्ध युवाहरुले संकलन गरेको सो रकमबाट २ सय ७० घरपरिवारलाई झुल र धोती वितरण गरीएको राहात वितरण कार्यक्रमका संयोजक पी सी एन बाकेका जिल्ला अध्यक्ष साबित्रि गिरीले बताईन । बाढी पीडितहरुको माग अनुसार सो  राहात वितरण गरीएको हो । 
स्याङजा समाज जापानका कोषाध्यक्ष विक्रम अर्यालको पहलमा सो राहात रकम उपलब्ध भएको हो । राहात वितरण कार्यक्रममा गुलरिया नगरपालिकाका मेयर मुक्तिनाथ यादवले बाढि प्रभावित क्षेत्रहरुमा देश विदेशबाट सहयोग जुट्दा राहात पुराउन सहज भएको बताए । उनले बाढि प्रभावित क्षेत्रहरुमा छिट्दै सम्पुर्ण राहात सहितको प्याकेज पुराउने पनि बताउनुभयो । कार्यक्रममा  गुलरिया  नगरपालिकाका प्रतिनिधि ,वडा नम्बर ३ का जनप्रतिनिधि र पत्रकारहरुको सहभागिता रहेको थियो । 


Comments