पी सी एन
बर्दिया,३० भदौ । भुकम्पमा पीडित भएर पनि बाढीपीडितलाई उद्धार गर्ने कार्यमा महत्वुपर्ण भुमिका निभाएकी बार बर्दिया नगरपालिका वडा नं. ७ सिउनीयाकी ३४बर्षीया कृष्णा खडकालाई सामुदायिक प्रहरी सेवा केन्द्र बर्दियाले गुलरियामा शुक्रबार सम्मान गरेको छ ।
केन्द्रद्धारा आयोजित कार्यक्रममा वरिष्ठ प्रहरी उपरीक्षक महेशबिक्रम शाह र सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष मालती सोडारीले दोसल्ला ओढाई खडकालाई सम्मान गरेका हुन ।
सो अवसरमा अल्का अस्पताल काठमाण्डौले खडकालाई प्रदान गरेको सहयोग २५हजार रकम प्रहरी अतिररिक्त महानिरीक्षक ठुले राईका निर्देशन बमाजिम वरिष्ठ प्रहरी उपरीक्षक शाहले खडकालाई हस्तान्तरण गरेका हुन ।
वैशाख १२को बिनाशकारी भुकम्पमा काठमाण्डौमा १सय १८ घण्टा पुरिएर घाईते भएकी खडकाले गत गत साउन २९गते बर्दियामा आएको बाढीमा आफना छिमेकी ७जना गर्भवती महिलाहरुलाई उद्धार गरेकी थिईन ।
वरिष्ठ प्रहरी उपरीक्षक महेश विक्रम शाहले आफु भुकम्प पीडित भएर पनि बाढीपीडितलाई उद्धार गरि प्रशंसनीय काम गरेकोले सोको सराहना गर्दे खडकलाई सम्मान तथा पुरस्कृत गरिएको बताए ।
गुलरिया नगरपालिकाका नगरप्रमुख मुक्तिनाथ यादव,नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल,प्रहरी उपरीक्षक जनक भटराई, सामुदायिक प्रहरी सेवा केन्द्र बर्दियाका अध्यक्ष मालती सोडारी,बर्दिया नागरिक समाज संजालका संयोजक बालकृष्ण वली लगायतले आफु पीडित भएर पनि जोखिममा रहेका बाढिपीडितहरुको उद्धार गर्ने अत्यन्त भलाईको काम गर्ने कृष्ण खडकाले अत्यन्तै प्रशंसा गर्दे उनको सम्मान गर्व गर्न लायक भएको बताउदै भुकम्पबाट पीडित खडकलाई तत्काल उचित राहात तथा सहयोग प्रदान गर्न सरकारलाई आग्रह गरिन ।
Comments
Post a Comment