गुलरिया उधोग बाणिज्य संघको नया कार्यसमिति चयन गर्न बिहान ८देखि बेलुकी ५बजेसम्म मतदान


पी सी एन
बर्दिया, ३ असोज । उधोग बाणिज्य संघको नया नेतृत्व चयनका लागि मंगलबार बिहानबाट मतदान हुन भएको छ । 
स्थानीय बगलामुखी माविमा मंगलबार बिहान ८बजेदेखि बेलुका ५बजेसम्म मतदान हुने निर्वाचन समितिका सदस्य राजेन्द्रप्रसाद धितालले बताए ।
२०पदका लागि ४०जनाले उम्मेदवारी दिएका छन् । मतदानमा गुलरिया उधोगा बाणिज्य संघका १हजार २सय ९जना साधारण सदस्यहरुले मतदान गर्ने छन् । 
गुलरिया उधोग बाणिज्य संघको अध्यक्ष पदका लागि  निवर्तमान प्रथम उपाध्यक्ष बिरबहादुर चौधरी र निवर्तमान कोषाध्यक्ष देवेन्द्र पाण्डे चुनावी मैदानमा छन् ।
प्रथम उपाध्यक्षमा हिमालय त्रिपाठी र महेन्द्र कुमार श्रेष्ठ,द्धितीय उपाध्यक्षमा मनोजकुमार यादव र ईन्द्रकुमार श्रेष्ठ,तृतीय उपाध्यक्षमा अजितराज भण्डारी र मोबिन बहमद ईद्रिसी,महासचिवमा शिवहरी पौडेल र नेपाल पत्रकार महासंघका निर्वतमान अध्यक्ष मीनराज शर्मा ,सचिवमा पुष्कर सापकोटा र  ज्ञानप्रसाद बगाले,कोषाध्यक्षमा गंगा पोखरेल र पुर्णराज पौडेल र सहकोषाध्यक्षमा मोहित पौडेल र रुपेन्द्र के सी चुनावी प्रतिस्पर्धामा रहेका छन् ।
 १२ जना सदस्यका लागि २४जनाले उम्मेदवारी दर्ता गराएका छन्।  सदस्यहरुमा दिनेशकुमार यादव,मनिष गुप्ता,संगिता महतारा,दुर्गाप्रसाद काफले,सन्तोषकुमार गुप्ता,गोर्कण रेग्मी,कृष्ण ढकाल,रामप्रकाश गूपता,सकिल अहमद सिद्धीकी ,टेकलाल चौधरी मिनबहादुर खत्री ,प्रदिपकुमार यादव,अबुल हसन हलुवाई,नरेशकुमार खत्री,घनश्याम लोध,सुरेश पौडेल,सुरेन्द्रप्रसाद बगाले ,केशवप्रसाद रिजाल,विकास राना,पन्चलाल नापित,गोविन्दप्रसाद रेग्मी ,कृष्णप्रसाद मैनाली,सरला के सी र पुरुषोतम सिग्देलले चुनावी प्रतिस्पर्धामा रहेका छन।

Comments