बर्दिया,२३भदौ । गुलरिया उधोग बाणिज्य संघको निर्वाचनका लागि कांग्रेस,माओवादी,मधेशवादी,राप्रपासंग आस्था राख्ने व्यवसायीहरु साझा समावेशी प्यानलबाट चुनाव लडने घोषणा गरेका छन् ।
साझा समावेशी प्यानलबाट गुलरिया उधोग बाणिज्य संघको अध्यक्षको लागि सामाजिक र व्यवसायिक हिसाबले विशेष अनुभव संगालेका निवर्तमान प्रथम उपाध्यक्ष बिरबहादुर चौधरी अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने भएका छन् ।
शुक्रबार गुलरियामा पत्रकार सम्मेलन गरि सार्वजनिक गरिए अनुसार सो साझा समावेशी प्यानलबाट प्रथम उपाध्यक्षमा हिमालय त्रिपाठी,द्धितीय उपाध्यक्षमा संघीय समाजवादी फोरम निकट मनोज यादव,तृतीय उपाध्यक्षमा अजीतराज भण्डारी,महासचिवमा शिवहरि पौडेल ,सचिवमा पुष्कर सापकोटा ,कोषाध्यक्षमा गंगा पोखरेल र सहकोषाध्यक्षमा मोहित पौडेल उम्मेददवार बन्ने छन् ।
यस्तै सो प्यानलबाट कृष्ण ढकाल,दिनेश यादव,गोविन्द गुप्ता,सकिल सिद्धीकी,टेकलाल थारु,दुर्गाप्रसाद काफले ,प्रदिप यादव ,संगिता महतारा,यज्ञबहादुर हमाल सदस्य पदमा चुनावी प्रतिस्पर्धामा उत्रने हुनु भएको छ ।
Comments
Post a Comment