बिनिता भाट पी सी एन
बर्दिया,२ असोज । मधुवन नगरपालीकाले आफनो प्रथम नगरसभाबाट आर्थिक वर्ष ०७४।०७५ का लागि कुल ४९ करोड २९ लाख ५८ हजार ७ सय ९९ बराबरको बजेट सार्वजनिक गरेको छ ।
भौतिक सडक, खानेपानी, सिंचाई, , कृषि कार्यक्रम, पशु, स्वास्थ्य, लक्षित वर्ग कार्यक्रम र लागत सहभागीता लगायतलाई मुख्य कार्यक्रम बनाएको मधुवन नगरपालिकाले समृद्ध नगरपालिका निर्माणका लागि विभिन्न नितिहरु अवलम्बन गरेको नगरप्रमुख कृष्ण के सी ले बताए।
नगरपालिकाले शहरी योजना तथा भौतिक पूर्वाधार, वित्तिय व्यवस्थापन, सामाजिक विकास, सार्वजनिक सेवा प्रवाह, कृषि, लघुउद्यम तथा बन वातावरण, पर्यटन, संस्कृति संरक्षण, खेलकुद, संचार लगायतको क्षेत्रबाट समृद्ध नगर निर्माण गर्ने नीति र कार्यक्रम प्रस्तुत गरेको छ ।
सभाले नगरपालिकाको पूँजीगत खर्च तर्फ २७ करोड १८ लाख १८ ७ सय९९हजार रकम विनियोजन गरेको छ भने सामाजिक सुरक्षा भत्ता, शिक्षा, स्वास्थ्य कार्यक्रम र नगरपालिकाको चालु खर्च समेत गरि ४६करोड ५७ लाख ७८ हजार रकम विनियोजन गरेको कार्यकारी अधिकृत धर्मराज न्यौपानेले बताए ।
Comments
Post a Comment