नेपालगञ्ज भन्सारमा नाकामा कडाई गर्न व्यवसायीहरुको मांग


पी सी एन
बांके, १९भदौ ।   नेपालगञ्ज भन्सार नाकामा कडाई नहुँदा जिल्लाको  व्यवसाय धरासायी हुन लागेको भन्दै नेपालगंज लगायत भारतसंग सीमा जोडिएका भन्सार नाकामा कडाई गर्नुपर्ने मांग राखि व्यवसायीहरुले नेपालगन्ज भन्सार कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।
नेपालगन्ज उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अब्दुलवाहीद मन्सुरी, नेपाल राष्ट्रिय उद्योग व्यापार संगठन बाँकेका उपाध्यक्ष तथा नेपालगन्ज उद्योग बाणिज्य संघका कार्यसमिती सदस्य टंक धामी, साझा समावेशी समुहका बिष्णु खनाल, नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेका अध्यक्ष अशोक विष्ट लगायतका व्यवसायीहरु  नेपालगंज भन्सार कार्यालय पुगी ज्ञापन पत्र बुझाएका हुन । 
कोहलपुर साझा समावेशी समुहका बिष्णु खनालले भन्सारमा कडाई नगरिदा नेपालगन्ज कोहलपुर लगायतका ठाउँहरुको व्यवसाय धरासायी हुन लागेको बताए। भारतसंग सीमा जोडिएका क्षेत्रमा रहेका नेपाली भन्सार नाकामा कडाई नहुदा नेपालगंज,कोहलपुर,खजुरा र गुलरियामा राजश्व तिरेर व्यापार व्यवसाय गर्ने नेपाली व्यवसायीहरु धरासायी भई  पलायन हुने अवस्था आउने बताए 
ज्ञापन पत्र बुझदै भन्सार अधिकारीहरुले  भन्सार छलि गरेर नेपालमा समान भित्रयाउन नदिने बताएका छन्  । 

Comments