छलफल र सहमति गरि स्थानीय तहमा कर्मचारी समायोजन गर्न कर्मचारी संघ संगठनहरुको मांग


पी सी एनबर्दिया,२३ भदौ । जिल्लास्थित आधकारिक टेड युनियन र कर्मचारी संघ संगठनहरुले आफुहरुसंग छलफल र सहमति गरि स्थानीय तहमा कर्मचारी समायोजन तथा व्यवस्थापन गर्न जिल्ला कर्मचारी व्यवस्थापन समिति र जनप्रतिनिधिहरुलाई आग्रह गरेका छन्।निजामति कर्मचारी दिवस २०७४को अवसरमा सदरमुकाम गुलरियामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दे कर्मचारी नेताहरुले कर्मचारीहरुको सहयोगले मात्रै केन्द्र तथा स्थानीय सरकारले जनातालाई प्रवाह गर्ने सेवा छिटोछरितो,प्रभावकारी र पारदर्शी भई मुलुकले समृद्धि हासिल गर्ने बताए।कार्यक्रममा बोल्दै नेपाल निजमती कर्मचारी युनियन आधिकारिक टेड युनियन बर्दियाका अध्यक्ष यमबहादुर खत्रीले कर्मचारीको मनोबल घटाएर स्थानीय तहमा कर्मचारी समायोजन एंव पदस्थापना गर्दा कर्मचारीले प्रवाह गर्ने सेवा कमजोर भई स्थानीय जनप्रतिनिधि र केन्द्र सरकार पनि असफल हुन सक्ने बताए ।जनप्रतिनिधिहरुसंग सहकार्य गरेर कर्मचारीहरु नागरिक मैत्री ,पारदर्शी र चुस्तदुरुस्त सेवा प्रवाह गर्न खोजेको प्रष्ट पार्दे उनले  कर्मचारीहरुले उच्च मनोबलका साथ सेवा प्रभाव गरिदएमा मात्रै स्थानीय राजनैतिक नेतृत्व एंव जनप्रतिनिधिहरुलाई फाईदा पुग्ने बताए।नेपाल निजामती कर्मचारी युनियन संघका जिल्ला अध्यक्ष कृष्णप्रसाद उपाध्यायले कर्मचारीहरुको चाहना बमोजिम स्थानीय तहमा कर्मचारी समायोजन गरिए कर्मचारीहरु सरकार र जनप्रतिनिधीहरुको वफादार भई जनतालाई उच्च मनोबलका साथ सेवा प्रवाह गर्ने बताए । उनले स्थानीय तहमा कर्मचारी समायोजन गर्दा अस्थायी र करार कर्मचारीहरुको पनि उचित समायोजन हुनुपर्ने बताए ।नेपाल निजामति कर्मचारी संगठनका जिल्ला उपाध्यक्ष  पशुपति घिमिरेले आफुहरुसंग सल्लाह र सहमति गरि स्थानीय तहमा कर्मचारी समायोजन गर्न र काम गर्ने वातावरण मिलाउन जनप्रतिनिधी र राजनैतिक नेतृत्वलाई आग्रह गरे ।नेपाल मधेशी कर्मचारी निजामति कर्मचारी संघका जिल्ला अध्यक्ष सुशील चौरसियाले जोरजर्बस्ती ले कर्मचारी समायोजन गरिए आफुहरु सरकारको काम ठप्प पारि आन्दोलनमा उत्रने चेतावनी दिए ।नेपाल पत्रकार महासंघका प्रदेश सभासद एंव प्रेस क्लब अध्यक्ष यमनाथ घिमिरेले अभाव ,दवाब र प्रभावबाट मुक्त भई जनकेन्द्रित र जनमैत्री सेवा प्रवाह गर्न कर्मचारीहरुलाई सुझाव दिदै कर्मचारीहरुलाई उचित तलब सेवासुविधा ,तालिम र पुरस्कारको  प्रदान गरि कर्मचारीको मनोबल बढाउन सरकार,राजनैतिक नेतृत्व र जनप्रतिनिधिहरुलाई आग्रह गर्नुभयो ।प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले अझ बढि पारदर्शी भई चुस्तदुरुस्त सेवा प्रवाह गर्न कर्मचारीहरुसंग अनुरोध गर्दे सबैको सल्लाह र सरकारको नीति नियम बमोजिम स्थानीय तहमा कर्मचारीहरुको उचित व्यवस्थापन  हुने बताए । गुलरिया नगरपालिकाका प्रमुख मुक्तीनाथ यादवले स्थानीय तहमा कार्यरत कर्मचारीहरुले राजनीति नगरि निष्पक्ष भएर जनतामा सेवा प्रवाह गर्न कर्मचारीलाई सुझाव दिदै राजनीति आफु जस्तो जनप्रतिनिधिको काम भएको बताए  । महिला तथा बालबालिका कार्यालयका प्रमुख गीराकुमारी बस्नेतले महिला संवेदनशीलतालाई ध्यान दिएर कर्मचारी समायोजन गर्नुपर्ने बताउदै हरेक स्थानीय तहमा महिला मैत्री डेस्क स्थापना गरि सेवा लिन आउने स्थानीय महिलाहरुलाई छिटोछरितो र प्रभावकारी रुपले सेवा प्रदान गर्ने व्यवस्था मिलाउन जनप्रतिनिधिलाई सुझाव पनि दिईन । स्थानीय विकास अधिकारी तेजराज शर्माले जनताको ईच्छा र आंकाक्षा पुर्ण सम्बोधन हुने किसिमले सेवा प्रवाह गरि कर्मचारीहरुलाई जनताले हेर्ने दृष्टिकोण सकारात्मक बनाउन सुझाव दिए ।  कार्यपत्र प्रस्तुत गर्दे प्रमुख जिल्ला ईन्जिनियर हरिप्रसाद शर्माले सुशासन र पारदर्शिता कायम गर्न कर्मचारी,नागरिक र  राजनैतिक नेतृत्वले खेल्नुपर्ने भुमिकाको बारेमा कार्यपत्र प्रस्तुत गर्नुभयो ।सोही कार्यक्रममा प्रहरी उपरीक्षक जनक भट्टराई,गैर सरकारी संस्था महासंघका जिल्ला अध्यक्ष बिष्णु तिमल्सििना, आधिकारिक टेड युनियनका जिल्ला सचिव कृष्ण भटराईले पनि आफनो धारणा राखेका थिए। 


Comments