Skip to main content
मानव बेचबिखन नियन्त्रणका लागि काुननी सचेतनाका लागि होर्डिंग बोर्ड जडान
पी सी एन
बर्दिया,२० भदौ । ११औं मानव बेचबिखन बिरुद्धको दिवसको अवसर पारेर मानव बेचबिखन तथा ओासारपसार बिरुद्धको जिल्ला समितिले मानव बेचबिखन नियन्त्रणका लागि सचेतनामुलक होर्डिंग बोर्ड बर्दियाका बिभिन्न स्थानमा जडान गरेको छ ।
समितिका सदस्य सचिव एंव महिला तथा बालबालिका कार्यालय गुलरियाकी प्रमुख गीरा बस्नेतको नेतृत्वमा गएको टोलीले बर्दियाको मधुवन नगरपालिकाको बेलवा चोक,मधुवन बजार र कर्णाली नदीको गेरुवा पुलमा होर्डिंग बोर्ड जडान गरेको हो ।
होर्डिंग बोर्डमा मानिस किन्ने वा बेच्नेलाई बीस बर्ष कैद र दुई लाख रुपैयाँ जरिबाना, किन्ने बेच्ने वा वेश्यावृत्तिमा लगाउने उद्देश्यले मानिसलाई विदेश लैजानेलाई दश वर्षदेखि पन्ध्र वर्षसम्म कैद र पचास हजारदेखि एक लाख रुपैयाँसम्म जरिवाना, वेश्यावृत्तिमा लगाउने वा शोषण गर्ने उद्देश्यले नेपालभित्रको एक ठाउँबाट अर्को ठाउँमा लैजानेलाई सातदेखि दशबर्षसम्म कैद हुने कानुनी प्रावधान सम्बन्धि सन्देशहरु लेखिएका छन् ।
Comments
Post a Comment