बर्दियाको लालपुरमा निषेधाज्ञा जारि

पी सी एन
बर्दिया,१६असोज । जिल्ला प्रशसन कार्यालय बर्दियाले शीतलाबजार गणेशपुर –गुलरिया  सडकखण्ड अन्र्तगत पर्ने लालपुरको १ किलोमिटर क्षेत्रमा निषेधाज्ञा जारि गरेको छ ।
दुर्गा पुर्जाको मुर्ति बिसर्जन गर्ने र मोहरमको ताजीया बिर्सजन गर्नेहरु बीच बिवाद बढदै गई सो क्षेत्रमा शान्तिसुरक्षा भंग भई तनावग्रस्तस्थिति उत्पन्न भएपछि प्रशासनले निषेधाज्ञा जारि गरेको  प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भटराईले जानकारी दिए ।
निषेधाज्ञाको अवधिभर लालपुरमा  दुई भन्दा बढि ब्यतिm एक ठाउमा भेला हुन,सभासम्मेलन गर्न र बिरोध प्रर्दशन गर्न नपाईने प्रमुख जिल्ला अधिकारी भटराईले बताए ।
निषेधाज्ञापछि सो क्षेत्रको स्थिति सामान्य बन्दै गएको र प्रहरीले सवारी  साधनहरुलाई स्र्केटिंग गरि यात्रुहरुलाई गन्तब्य तर्फ पुरयाएकोे छ ।
दुर्गा पुजाको मुर्ती बिर्सजन गर्ने र ताजिया बिर्सजन गर्नेहरु बीच झडप भएपछि स्थितिलाई नियन्त्रण लिने क्रममा आईतवार  साझ र सोमवार बिहान गरि सो क्षेत्रमा आधा दर्जन सुरक्षाकर्मी घाईते भएका थिए ।


Comments