जिल्ला खानेपानी कार्यालयको जनहितमा जारि सन्देश





  • सफा घर,स्वस्थ परिवार,सुन्दर,समृद्ध गाउ शहर,बर्दियाको आफनै छ रहर भन्ने मुल नाराका साथ सन् २०२० सम्ममा बर्दियालाई पुर्ण सरसफाईयुक्त जिल्ला घोषणा गर्ने लक्ष्यका साथ तैयार पारिएको बर्दिया जिल्लाको पुर्ण सरसफाई रणनीतिक योजना २०७२/७३ –२०७७/७८ लाई सफल कार्यान्वयन गर्न गराउन सहयोग गरौं।
  • व्यवहार परिवर्तनद्वारा पुर्ण सरसफाईयुत पद्धतिको विकास गरि सहज,स्वस्थ ,समृद्ध र आत्मसम्मानयुक्त जीवन यापन गरौं ।
  • सफा,स्वच्छ,,सुन्दर,समुन्नत,स्वस्थ,सभ्य समाज निर्माणका लागि खानेपानी,सरसफाई र स्वच्छताको क्षेत्रमा उच्चतम विकास गरौं ।
  • चर्पीको प्रयोग,ब्यक्तिगत सरसफाई,न्युनतम आवश्यक तथा सुरक्षित पानीमा पंहुच तथा प्रयोग,सफा स्वच्छ घर आंगन र वातावरणीय सरसफाई गरि सदैव सरसफाई तथा स्वच्छता सम्बन्धि बानी व्यवहारको विकास गरौं।

साथै नेपालीहरुको महान चाड बडा दशै,मोर्हरम, दीपावली, छठ पर्वको उपलक्ष्यमा समस्त जिल्लावासीहरुमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ । 


दिलीप कुमार
सब डिभीजन प्रमुख
तथा
खानेपानी तथा सरसफाई सब डिभिजन कार्यालय गुलरिया बर्दिया परिवार



Comments