राष्ट्र सेवक सहकारीको अध्यक्षमा ज्ञवाली निर्वाचित


पी सी एन

बर्दिया,३१  असोज । राष्ट्र सेवक बचत तथा ऋृण सहकारी संस्था लिमिटेड बर्दियाको १०औं  साधारण सभाले तीन बर्षे कार्यकालका लागि ज्ञानप्रसाद ज्ञवालीको अध्यक्षतामा ११ सदस्यीय नंया कार्यसमिति चयन गरेको छ ।
संस्थाको गुलरियामा सम्पन्न साधारण सभाले कमल सुवेदीलाई उपाध्यक्षमा,केशवराज पौडेललाई  सचिवमा र शालिकराम ज्ञवालीलाई कोषाध्यक्षमासर्वसम्मत रुपले निर्वाचित गरेको छ । सदस्यहरुमा थिरनाथ कडेल,छविलाल ज्ञवाली,जीवन ज्ञवाली,शारदा गौतम,कृष्णबहादुर बिष्ट र जनकराज पोखरेल निर्वाचित भएका छन्।
साधारण सभाले गोमा पन्त सोमरेको संयोजकत्वमा छविलाल बास्तोला र मणिराज शर्मा सदस्य रहेको लेखा समिति समेत गठन गरेको नव निर्वाचित अध्यक्ष ज्ञवालीले बताए।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रिय अध्यक्ष केदारप्रसाद देवकोटाले गुलरियामा एक समारोहका बीच राष्ट्र सेवक बचत तथा ऋृण सहकारी संस्था लिमिटेड बर्दियाको १०औं  अधिवेशन उद्घाट्न गर्नुभएको थियो ।

Comments