प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा नेपाली कांग्रेस फस्ट पार्टी हुन्छ ः बिद्याप्रसाद खनाल


कांग्रेस बर्दियाको “थिंक टयांक र गुड एडभाईजर” का रुपमा चिनिने महासमिति सदस्य एंव नेपाली कांग्रेस बर्दियाका निवर्तमान सचिव बिद्याप्रसाद खनाल संविधान तथा कानुनविद् पनि मानिन्छन् ।  २०२६साल चैत्र २८गते शुक्रवार दैलेख जिल्लाको साततलामा जन्मि डेढ बर्षको कलिलो उमेरमा बर्दिया आई भुरिगाउमा नियमित बसोबास गर्दे आएका बिद्याप्रसाद खनालले २०४३सालमा चुरे क्याम्पस बगनाहबाटएस एल सी उर्तीण गरेका हुन ।  एस एल सी उर्तीण २०४४ सालमा मध्य तथा सुदूरपश्चिमको उच्च शिक्षाको प्रमुख थलोको रुपमा रहेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा भर्ना भई त्यहाबाट  बी एल पनि उर्तीण गरेका हुन ।महेन्द्र बहुमुखी क्याम्सप अध्यययन गर्दा नेपाल बिद्यार्थी संघमा आवद्ध भई बिद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका खनालले २०४६सालको ऐतिहसिक जनआन्दोलनमा भुरिगांउ क्षेत्रमा पञ्चायत बिरुद्ध कालो झण्डा गाडने,पर्चा पम्फिलेट छर्ने र स्कुल बन्द गराउने गतिविधि संचालन गरि नेपाली कांग्रेस र प्रजातन्त्रको पक्षमा जनलहर सृजना गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरीको मोस्ट बान्टेड सुचिमा समेत रहेका थिए । २०४९सालमा स्थानीय शान्ति समिति नेउलापुरको सचिव बनेका त्यागी, निष्ठावान सन्त नेता खनालले २०४८ सालको आम निर्वाचन र २०४९ सालको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको प्रमुख कैम्पेनर अर्थात अभियानकर्ताको भुमिका समेत निर्वाह गरेका थिए। २०४९सालमा ने वि संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको सहसचिव,२०४९देखि २०५२सम्म स्वतन्त्र बिद्यार्थी युनियनको उपसभापति  बनेका उनी २०५२सालमा ने वि संघ बर्दियाको उपाध्यक्ष र सचिव बनेका हुन । २०५३ सालको नवौ महाधिवेशनबाट नेपाली कांग्रेसको निरन्तर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुदै आएका खनाल २०५८ सालमा नेपाली कांग्रेस बर्दियाको सहसचिव,२०५९देखि दुई कार्यकाल जिल्ला सचिव भएका छन् भने तेह््रो महाधिवेशनमा झिनो मत अन्तरले पार्टीको जिल्ला सभापतिमा पराजित भएका थिए । २०६२÷६३को दास्रो जनआन्दाृेलनमा ७ पार्टी मध्ये नेपाली कांग्रेसका तर्फबाट प्रमुख अभियन्ता बनेका खनाल सुकुम्वासीको पक्षमा आवाज उठाउदा २०५३ सालमा प्रहरी गिरफतारी र  हिरासतमा समेत परेका खनालका श्रीमती ,१ छोरा र २ छोरी छन् । पार्टी भित्र सिस्टम,अनुशासन र पद्धतिको सवाललाई निरन्तर जोड दिदै आएका सुकुम्वासी,भुमिहिन र मुक्त कमैयामाझ निकै लोकप्रिय नेपाली कांग्रेस बर्दियाका महासमिति सदस्य बिद्याप्रसाद खनालसंग प्रेस क्लब अफ नेपाल (पी सी एन )का अध्यक्ष यम घिमिरेले गर्नुभएको कुराकानीका अंशहरु ः

वाम एकतालाई कसरी हेर्नु भाको छ ?
नेपाली समाज  निरकुंशता,बामपन्थी,सैनिक वा राजाको विरुद्धमा छ । नेपाली जनता स्वभिमानको पक्षमा छ । नेपाली जनता र लोकतन्त्रको बीचमा नंग र मासुको सम्बन्ध छ । वाम एकताले नेपाली कांग्रेस,नेपाली जनता, लोकतन्त्रवादी शक्तिहरु,प्रजातन्त्रवादी छिमेकी देश भारत र विश्वका प्रजातान्त्रिक देश नेपाली कांग्रेस बीच सहकार्य ,एकता एंव विश्वास बढाएको छ । वाम एकताले नेपाली कांग्रेसलाई नभई वामपन्थीहरुलाई नै असर गर्नेछ स सहमति ,सहकार्य र एकताको राजनीतिबाट उनीहरु टाढिएका छन् । जनताले वामपन्थीहरुलाई भन्दा शान्ति,संविधान, ,समृद्धि र लोकतन्त्रको नेतृत्व गर्ने पार्टी कंग्रेसलाई साथ दिनेछन् । 

देशमा समृद्धि ल्याउने फर्मुला के हो ?
कृषि,पर्यटन ,जलस्रोतको आधुनिकीरकण युवाहरुमा देशभित्रै केही गर्नुपर्छ भन्ने ईच्छाशक्ति पैदा गर्ने र नेपालमा लगानी गरेपछि उचित प्रतिफल प्राप्त हुन्छ भन्ने विदेशी लगानी कर्ताहरुलाई विश्वस्त बनाउन सके नेपालमा समृद्धि हासिल हुन्छ ।

मंसीरमा हुने संघ र प्रदेश चुनावमा कंग्रेस कुन  पोजिसनमा रहला ?
नेपालमा लोकतन्त्र,मानव अधिकार र प्रेस स्वतन्त्रताको जग बसाल्ने, जनप्रतिनिधि मार्फत संविधान सभाबाट संविधान जारि गर्ने र खुला तथा उदार नीतिको अर्थव्यवस्था मार्फत नेपाल र नेपालीको समृद्धि हासिल गराउने पार्टी नेपाली कांंग्रेस नै हो । यसको लोकप्रियता,विश्वास र आवश्यकता बढको छ ।  त्यसैले मंसीर १० र २१मा हुने प्रदेश  र प्रतिनिधि सभाको चुनावमा नेपाली कांग्रेस फस्ट पार्टी हुन्छ । नेपाली जनताले माया गर्ने पार्टी कांग्रेस मात्र हो । नेपाली कांग्रेस जुनसुकै किसिमको निरकुशताको विरोध गर्ने पार्टी हो । अरु पार्टीलाई स्वार्थ ,भय , डरत्रासले माया गर्छन तर कंग्रेसलाई निस्वार्थ माया गर्छन। कहिलेकाही नेतृत्व गैर जिम्मेवार हुदा केही बेर रिसाए पनि जनता र कार्यकर्ता हरहमेशा नेपाली कांग्रेसकै पक्षमा उभिन्छन । बर्दियाको प्रतिनिधि सभाको २ र प्रदेश सभाको ४ वटै निर्वाचनमा नेपाली कांग्रेस र कांग्रेससंग गठबन्धन गरेकाहरुको उम्मेदवारहरुको जीत सुनिश्चित छ । 

Comments