कृष्णसार संरक्षणका लागि कृष्णसार संरक्षण क्षेत्र व्यवस्थापन कार्यालय खैरापुर र प्रेस क्लब नेपालद्वारा जनहितमा जारि सन्देश



२०६५ साल फागुन २३ गते राजपत्रमा सुचना प्रकाशित गुलरिया नगरपालिकाको १६.९५ वर्ग किलोमिटर क्षेत्रलाई कृष्णसार संरक्षण क्षेत्र घोषणा गरि नेपाल सरकारले बर्दिया जिल्लाको खैरापुर क्षेत्रमा रहको कृष्णसार संरक्षण कार्य गर्दे आईरहेको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९बमोजिम संरक्षित वन्यजन्तुको सुचिमा रहेको स्तनधारी जन्तु कृष्णसार र यसको वरपर रहेका जैविक विविधता संरक्षण र उचित व्यवस्थापनद्वारा प्राकृतिक अवस्थामा रहेको दुर्लभ वन्यजन्तु कृष्णसारको संरक्षण सम्वद्र्धन गर्नुु हामी सबैको दायित्व हो ।
खुला घाँसे मैदान अर्थात् दुबो र काँसको मैदानमा बस्न रुचाउँने दुर्लभ वन्यजन्तु कृष्णसारको वासस्थान अतिक्रमणमा पर्दा समस्यामा पर्ने भएकाले कृष्णसार संरक्षण क्षेत्रमा अतिक्रमण गर्ने गराउने कानुन र जैविक विविधता संरक्षण बिपरीतका गैर कानुनी अतिक्रमण , चरिचरण जस्ता कार्य नगराऔं।
कृष्णसार संरक्षण क्षेत्रमा कृष्णसार मात्र नभई  १ सय ७ प्रजातीका वनस्पती, ३२ प्रजातीका बृक्ष, ६४ प्रजातीका पंक्षी तथा १४ प्रजातीका स्तनाधारी जनावरहरु पनि पाईने भएकाले कृष्णसार क्षेत्रमा पाईने जैविक विविधताहरुको पनि संरक्षण गरौ । 
बर्दियाको पहिचान र गहनाको रुपमा रहेको कृष्णसार संरक्षण क्षेत्र भ्रमण गरि यसको प्रचारप्रसारद्वारा गुलरिया खैरापुर क्षेत्रको जैविक विविधता संरक्षण,पर्यटन विकास,रोजगारी सृजना र आर्थिक समृद्धिमा सहयोग पुरयाऔं। 
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९बमोजिम संरक्षित वन्यजन्तुको सुचिमा रहेको स्तनधारी जन्तु कृष्णसारलाई मार्ने वा घाईते बनाउनेलाई चालीसहजारदेखि पचहतर हजार रुपैयासम्म जरिवाना वा एकदेखि दशबर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ ।
साथै नेपालीहरुको महान चाड शुभ दिपावली  र छठ पर्व २०७४ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ।


थप जानकारीका लागि

कृष्णसार संरक्षण क्षेत्र कार्यालय खैरापुर गुलरिया बर्दिया 

Comments