६५करोड बजेट गुलरिया नगरपालिकाको नगरसभाबाट पारित


पी सी एन
बर्दिया, ६ कार्तिक । गुलरिया नगरपालिकाको प्रथम नगरसभाले नगरको समग्र विकासका लागि उपप्रमुख सुशीला गिरीले आर्थिक बर्ष २०७४ ÷७५का लागि पेश गर्नुभएको रु ६५करोड ९९लाख ८५हजारको प्रस्तावित बजेट पारित गरेको छ । 
पारित बजेटमा सडक पुर्वाधार निर्माण,सामाजिक सशसक्तिकरण,महिला सशतिmकरण,शिक्षा,स्वास्थ्य र कृषि उत्पादकत्व बृद्धि लगायतका योजनाहरुलाई प्रमुख प्राथमिकतामा राखिएको छ ।
पारित  बजेटमा पुजीगत तर्फ ४८करोड ६लाख ६हजार ५सय २० र चालु तर्फ १४करोड ९३लाख ७८हजार ४सय ८० रुपिया रहेको छ ।
नगरसभाले नगरप्रमुख मुक्तीनाथ यादवले पेश गर्नुभएको नगरपालिकाको बार्षिक नीति तथा कार्यक्रम पनि पारित गरेको छ ।

Comments