कोठियाघाटस्थित गेरुवा नदीमा पौडि खेल्दा एक युवक बेपत्ता


पी सी एन्
बर्दिया,७ कार्तिक । नेपालकै सबैभन्दा लामो पुल भएका कारण प्रसिद्धी कमाएको कोठियाघाटस्थित गेरुवा नदीमा डुबेर मंगलबार एक युवक बेपतmा भएका छन् ।
सुर्खेतको बीरेन्द्रनगर नगरपालिका वडा नम्बर १२ ढकाल चोक घर भएका २५ बर्षीय महेश ढकाल बांके बैजापुरका साथीहरुसंगै गेरुवा पुल घुम्न आएका बेला नदीमा पौडि खेल्ने क्रममा मंगलबार दिउसो ४बजे नदीमा बगेर बेपतmा भएका हुन ।
बेपतmा युवकको खोजी कार्य जारि रहेको प्रहरी चौकी कोठियाघाटका प्रहरी जवान भुपेन्द्र जि सीले जानकारी दिए। युवक बेपतmा घटनाबारे आफन्तहरुलाई खबर गरिएको प्रहरीले जनाएको छ ।
१०१५ मिटर लम्बाई र ७ मिटर चौडाईको नेपालकै सबभन्दा लामो कोठियाघाटस्थित गेरुवा पुले अहिले युवायुवतीहरुलाई  प्रमुख आर्कषक गन्तब्य बनेको छ । दशै तथा तिहारपटि दिनहु १हजार भन्दा बढि युवा युवतीहरु गेरुवा पुल हेर्न र पौडि खेल्न कोठियाघाट आउने गरेका छन् ।

Comments