बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा लोकतान्त्रिक प्यानलका खिमबहादुर हमाल निर्वाचित


पी सी एन

बुटवल ,२८ असोज । बुटवल उद्योग बाणिज्य संघको अध्यक्षमा ३बर्षका कार्यकालका लागि लोकतान्त्रिक प्यानलका खिमबहादुर हमाल निर्वाचित भएका छन् । शनिबार सम्पन्न मतपरिणाम अनुसार संघमा २ जना सदस्य बाहेक लोकतान्त्रिक प्यानल नै विजयी भएको हो ।
मत परिणामअनुसार अध्यक्षमा हमाल ८ सय ६५ मत सहित बिजयी भए । उनका प्रतिद्वन्द्वी बाम प्यानलका कृष्णकुमार श्रेष्ठले ६ सय ७५ मत ल्याए । 
२५ सदस्यीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा उज्ववल प्रसाद कसजु ८५०, उद्योग उपाध्यक्षमा अनिलकुमार श्रेष्ठ ८९९ , वाणिज्य उपाध्यक्षमा हरि प्रसाद अर्याल ९०४, महासचिवमा दिनेश प्रसाद श्रेष्ठ ९२१, कोषाध्यक्षमा बिमलराज भट्टराई १ हजार ४८ र सचिवमा कमल प्रसाद पौडेल ९८३ मत सहित बिजयी भएका छन् । 
लोकतान्त्रिक प्यानलबाट हमाल र बाम (कम्युनिष्ट) प्यानलबाट कृष्ण कुमार श्रेष्ठ प्यानल सहित चुनावी मैदानमा उत्रिएका थिए । एक हजार ९ सय ९९ मतदाता रहेकोमा निर्वाचनमा एक हजार ५ सय ८३ मत खसेको थियो । एसोसिएट सदस्यमा नविन प्रसाद श्रेष्ठ (नवराज) ८४८ विजयी भए कार्य समिती सदस्य उद्योगतर्फ गोपाल टण्डन ७८५, करुण खनाल ७६८, निर्मित कसजु ७५३, र सञ्जय कलवार ६९५ विजयी भए । कार्य समिती सदस्य बाणिज्यतर्फ मनोज ध्वजु ८५६, मुक्ति अधिकारी ८३६, नरिश्वर पौडेल ८५३, र टंक प्रसाद गैरे ८९६ विजयी भए ।
महिला सदस्यमा भने धनकुमारी खनाल ७४२,मिनाप्रधान ८१६ ल्याएर बिजयी बने । त्यस्तै खुल्ला सदस्यहरुमा बावुराम बिक ८२८, भेषराज गैरे ८२६, प्रकाशकुमार श्रेष्ठ ६३८ ,प्रतिक पोखरेल ७०१, शुक्रप्रसाद बस्याल ६५२ ,बाम गठबन्धनबाट सुरज भट्टराई ७२१ र मञ्जु भुसाल ६६४ विजयी भएको भएकोे प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी दिए । 
नव निर्वाचित अध्यक्ष हमालले सबै व्यवसायीहरुलाई समेटेर व्यवसायीको हितमा काम गर्ने बताएका छन् ।

Comments