बहुमत सरकार र चुनावका लागि कांग्रेसको नेतृत्वमा बृहत लोकतान्त्रिक गठबन्धन


पी सी एन
काठमाडौं , १८ असोज । बहुमत सरकार बनाउन तथा उनले प्रदेशसभा र प्रतिनिधिसभा चुनाव तोकिएकै समयमा गर्न नेपाली कांग्रेससहितका ६ दल आगामी चुनावमा बृहत लोकतान्त्रिक गठबन्धन बनाउन सैद्धान्तिक रुपमा सहमत हुदै यसको गृहकार्य गर्न कार्यदल समेत बनाएका छन् ।
कांग्रेस नेतृत्वको गठबन्धनमा राजपा, राप्रपा, संघीय फोरम, फोरम लोकतान्त्रिक र राप्रपा प्रजातान्त्रिक रहनेछ।
एमाले, माओवादी केन्द्र र नयाँ शक्तिले चुनावी तालमेलसँगै एकता गर्ने सहमति गरेको भोलिपल्ट कांग्रेसले लोकतान्त्रिक गठबन्धन बनाउन पहल गर्ने निर्णय लिएको थियो ।
लगतै बालुवाटारमा ६ दलको बैठक बस्यो, जसमा चुनावी गठबन्धन बनाउने सहमति जुटेको छ । ‘सिटको बाँडफाँड कसरी गर्ने भनेर सात सदस्यीय कार्यदल बनेको छ’ राजपा नेता राजेन्द्र महतोले भने ।
कार्यदलमा कांग्रेसबाट दुई सदस्य रहनेछन् भने पाँच दलबाट एकएक सदस्य रहनेछन् । तीन वाम दलले मोर्चाबन्दी गरेकाले लोकतान्त्रिक गठबन्धन आफूहरुको बाध्यता भएको नेता महतोले बताए । 

Comments