पी सी एन्
बर्दिया ,३० असोज । यहि मंसिर २१गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि बर्दियामा गत असारमा सम्पन्न स्थानीय तहको निर्वाचनमा मतदान गर्ने मतदाता भन्दा १९हजार २सय ९२ले बढिले मतदान गर्न पाउने छन् ।
प्रतिनिधि सभा निर्वाचनका लागि २ र प्रदेश सभा निर्वाचनका लागि ४ निर्वाचन क्षेत्र कायम रहेको बर्दियामा असारमा सम्पन्न असारमा सम्पन्न स्थानीय तहको निर्वाचन भन्दा महिला ९हजार ८सय २५,पुरुष ९हजार ४सय ६६ र अन्य १जना बढि मतदाताले मतदान गर्न पाउने छन् ।
जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर मदन बस्नेतका अनुसार मंसीरमा हुने निर्वाचनका लागि बर्दियामा २०७४साल भदौ ५गतेसम्म १८ बर्ष पुगेका २लाख ७२ हजार ४सय ७७ जना मतदाताहरुले मतदान गर्न पाउने भएका छन् । असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनमा २०७३साल फागुन ९गतेसम्म १९बर्ष पुगेका २लाख ५३हजार १सय ८५जनाले मात्र मतदान गर्न पाउने व्यवस्था थियो ।
मंसिर २१ गते सम्पन्न हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि महिला १लाख ३८हजार ४३ ,पुरुष १लाख ३४हजार ४सय २८ र अन्य ६जनाले मतदान गर्न पाउने छन भने असार १४गते सम्पन्न स्थानीय तहको निर्वाचनका लागि महिला १लाख २८हजार २सय १८ ,पुरुष १लाख २४हजार ८सय ६२ र अन्य ५जनाले मतदान गर्न पाउने व्यवस्था थियो ।
निर्वाचन आयोगले उपलब्ध गराएको पछिल्लो विवरण अनुसार प्रतिनिधि सभाका लागि क्षेत्र नम्बर १मा ६९५६९महिला,६९७८९पुरुष र अन्य ४ गरि १लाख ३९हजार ३सय ६२ र निर्वाचन क्षेत्र नम्बर २मा ६८४७४महिला,६४६३९पुरुष र २अन्य गरि १लाख ३३हजार १सय १५ जनाले मतदान गर्न पाउने छन्।
प्रदेश तर्फ प्रतिनिधि सभा निर्वाचन क्षेत्र १ क का लागि ३५८८१महिला,३४३०८पुरुष र ३ अन्य गरि जम्मा ७०हजार १सय ९३ र सोही प्रदेशको खका लागि ३३६१८महिला ,३५४८० पुरुष र १अन्य गरि जम्मा ६९हजार १सय ६९ जनाले मतदान गर्न पाउने छन् ।
प्रदेश तर्फको क्षेत्र नं २ क मा महिला ३६९४९,पुरुष ३४००५ र अन्य १गरि जम्मा ७०हजार ९सय ५५ र ख मा महिला ३१५२५,पुरुष ३०६३४ र अन्य १गरि जम्मा ६२हजार १सय ६०ले मतदान गर्न पाउने छन् ।
बर्दियामा प्रतिनिधि सभाका लागि कुल २ निर्वाचन क्षेत्र र प्रदेश सभा निर्वाचनका लागि ४वटा निर्वाचन क्षेत्र कायम गरिएको छ ।
बर्दियामा बासगढी नगरपालिका ,बढैयाताल गाउपालिका गुलरिया नगरपालिका र बारबर्दिया नगरपालिकाको ४ देखि ११वडालाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं १ कायम गरिएको छ भने मधुवन मधुवन नगरपालिका,राजापुर नगरपालिका , ठाकुरबाबा नगरपालिका ,बारबर्दिया नगरपालिकाको वडान १देखि ३सम्म र गेरुवा गाउपालिकालाई प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर २ कायम गरिएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र १का बांसगढी नगरपालिका र बढैयाताल गाउपालिकालाई प्रदेश निर्वाचन क्षेत्र १मा र गुलरिया नगरपालिकाको पुरै वडा र बारबर्दिया नगरपालिकाको ४देखि ११सम्मका वडाहरुलाई प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ कायम गरिएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं २मा रहेका बार बर्दिया नगरपालिकाको वडा नं १देखि ३ सम्मका वडाहरु,ठाकुरबाबा र मधुवन नगरपालिकालाई प्रदेश १मा र राजापुर नगरपालिका र गेरुवा गाउपालिकालाई प्रदेश सभा निर्वाचन क्षेत्र नं.२ कायम तोकिएको कम्प्युटर अपरेटर मदन बस्नेतले जानकारी दिनुभयो।
Comments
Post a Comment