बर्दिया ट्राफिक प्रहरीद्वारा ३महिनामा १०लाख बढि राजस्व संकलन

पी सी एनबर्दिया,१०कार्तिक ।  सवारी ऐन उल्लङ्घन गर्नेलाई भएको कारबाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालयले चालु आर्थिक वर्षको ३ महिनामा १० लाख ७६हजार ५सय हजार राजस्व सङ्कलन गरेको छ ।
चालु आव २०७४÷७५ को साउनदेखि असोजसम्मको ३ महिनाको अवधिमा कार्यालयले २हजार ७ वटा सवारीसाधन सञ्चालकलाई गरेको कारवाहीमा सो रकम सङ्कलन गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख प्रहरी नायब निरीक्षक बाबराम जि. सि.ले जानकारी दिए ।
जिल्ला ट्राफिकले चालु आर्थिक बर्षको साउन महिनामा सवारी नियम उलंघन गर्ने ३७२वटा सवारीसाधनबाट २लाख ४ हजार ५सय, भदौमा ८२४ वटा सवारीसाधनलाई कारवाही गरि ४लाख ३९हजार ५सय र असोजमा ८११ वटा सवारीसाधनबाट ४लाख ३२हजार ५सय राजस्व संकलन गरेको प्रहरी नायब निरीक्षक जि सीले बताए ।
चालु आर्थिक बर्ष २०७४÷७५मा सवारी नियमको उलघंन गर्नेमा ट्रक,बस,जीप,कार भ्यान,टयाक्टर,मोटरसाईकलका चालकहरु रहेका छन् ।
गत आर्थिक बर्ष २०७३ ÷७४को एक बर्षे अविधिमा  ट्राफिक नियम उल्लंघन गरि संचालन गरिएका ९हजार ८४१ वटा सवारीसाधनका संचालकबाट कार्यालयले ५६लाख राजस्व असुल गरेको थियो ।
वाहन चलाउँदा आवश्यक कागजपत्र नबोकेको, तोकिएको भन्दा बढी सवारी वा मालवस्तु राखिएको, तोकिएको भन्दा बढी गतिमा सवारीसाधन चलाएको जस्ता गल्ती भेटिएपछि ट्राफिक ऐनबमोजिम कारवाही गरिएको नायब निरीक्षक जि सीले जानकारी दिए ।
यसैबीच चालु आर्थिक बर्षको  ३ महिनामा जिल्लाका बिभिन्न ठाउमा मापसे चेकजांचका क्रममा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने १३जनालाई कारवाही गरि १३ हजार राजस्व सङ्कलन भएको छ । कार्यालयले गत आर्थिक बर्ष २०७३ ७४मा १६०जनालाई मापसे कारवाही गरि १लाख ६०हजार राजस्व संकलन गरेको छ । मापसे सेवन गरि सवारी चलाएमा १हजार जरिवाना लिनुका साथै सम्बन्धित चालकको लाईसेन्स समेत प्वाल पार्ने गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख बाबुराम जि सीले बताए ।

Comments