बामदेव गौतमलाई पराजित गर्ने सिचाईमन्त्री संजय गौतमको दाबि


पी सी एन
बर्दिया,१२ कार्तिक । सिचाईमन्त्री समेत रहेका नेपाली कांग्रेस बर्दियाका सभापति एंव निवर्तमान सांसद  संजय गौतमले आफु गृह जिल्ला बर्दिया १ बाट नै प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने स्पष्ट पार्दे  मंसीर २१को निर्वाचनमा आफुसंग चुनाव लडनु हुने पुर्व उपप्रधानमन्त्री एंव एमाले उपाध्यक्ष बामदेव गौतमलाई आफुले पराजित गर्ने दाबी गरेका छन्।
प्रेसक्लब अफ नेपालसंगको कुराकानीमा सिचाईमन्त्री गौतमले बर्दियाको माटो र त्यस क्षेत्रका जनतासंग दशकौ अघिदेखि खेल्दै आएको र आफुले जनचाहना बमोजिम भेरी बबई डाईभर्सन लगायतका विकासका काम प्रशस्तै गरेकोले बामदेव गौतमलाई  पराजय गरि सांसद बन्ने दावि गरे । “राम्रै मान्छेसँग प्रतिस्पर्धा हुँदैछ । तर मलाई र मेरो पार्टी नेपाली कांग्रेसलाई जनताले विश्वास गरेका छन् । मैले पनि जनतालाई विश्वास गरेको छु त्यसैले मेले चुनाव जित्छु ” उनले भने ।
तोकिएकै मितिमा चुनाव गराउन सरकार प्रतिवद्ध रहेको बताउदै सिचाईमन्त्री गौतमले  प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले निर्धारित समय मंसिर १० र २१ गते नै चुनाव गराउने प्रष्ट पार्दे कुनै पनि हालतमा चुनाव नसर्ने प्रष्ट पारे ।
चुनाव नचाहने तत्वले बर्तमान सरकारले चुनाव गराउँदैन भनि गलत  प्रचार गरेको बताउदै उनले स्थानीय तहको निर्वाचन  सफल भएजस्तै प्रदेश र प्रतिनिधिसभाको निर्वाचन पनि पुर्ण रुपमा सफल हुने विश्वास ब्यक्त गरे । 
मन्त्री गौतमले मतपत्रका कारण निर्वाचन नसर्ने विश्वास ब्यतm गरे।

Comments