पी सी एन
बर्दिया, १५कार्तिक।राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकका कोषाध्यक्ष माधवप्रसाद घिमिरे र प्रवक्ता सुशील लामिछाने सहित राप्रपा बर्दियाका २सय ५० नेता तथा कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्ने भएका छन् ।
आज बुधवार गुलरियास्थित नेपाली कांग्रेसको जिल्ला कार्यालयमा आयोजना हुने विशेष कार्यक्रममा नेपाल सरकारको गाविस सचिव भई ३० बर्षे प्रशासनिक तथा लेखा अनुभव समेत संगालेका घिमिरे र संघसंस्था तथा जनपरिचालनमा राम्रो अनुभव संगालेका लामिछाने नेपाली कांग्रेस पार्टीमा प्रवेश गर्न लागेका हुन ।
वी पी कोईरालाले देखाएको प्रजातान्त्रिक समाजवादको माध्यमबाट नेपालको विकास,शान्ति,समृद्धि र संविधान निर्माणमा नेपाली कांग्रेसले खेलेको भुमिका सम्झदै आफुहरु पनि देश,समाज र जनताको हितमा झन बढि र जिम्मेवार रुपले काम गर्ने उदेश्यय राखि नेपाली कांग्रेसमा प्रवेश गर्न लागेको उनीहरुले बताए । घिमिरे र लामिछाने सहित राप्रपा प्रजातान्त्रिकका जिल्ला,क्षेत्र र गाउ तथा नगरसमितिका २सय ५० कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गर्न लागेका हुन।
नवप्रवेशीहरुलाई नेपाली कांग्रेस बर्दियाका सभापति एंव सिचाईमन्त्री संजय गौतमले आज बुधबार नेपाली कांग्रेस जिल्ला कार्यसमितिको कार्यालयमा आयोजित कार्यक्रममा घिमिरे र लामिछानेलाई कांग्रेस प्रवेश गराउने कार्यक्रम तय भएको कंग्रेसका जिल्ला सचिव मक्कुराम थारुले बताए।
Comments
Post a Comment