पी सी एन
बर्दिया, १८ असोज । नेपाली कांग्रेसले हरेक बर्ष कोजाग्रत पूर्णिमाको दिन काठमाण्डौमा आयोजना गर्दे आएको चियापान कार्यक्रम यस बर्ष केन्द्रको सट्टा ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा बिहीबार आयोजना गर्दैछ ।
वि.सं. २०३३ सालमा प्रवासबाट स्वदेश फर्कनु भएपछि नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री एंव कंग्रेसका संस्थापक नेता जननायक बी.पी. कोईरालाले शुरु गर्नु भएको परम्परालाई निरन्तरता दिंदै दशैंको कोजाग्रत पूर्णिमाका दिन देशैभरका प्रादेशिक निर्वाचन क्षेत्रमा बिहीबार गर्न लागिएको हो।
आसन्न संसदीय र प्रादेशिक निर्वाचनका लागि आम जनता माँझ क्रियाशील रहनु पर्ने भएकाले सो कार्यक्रमलाई अझ व्यापकता दिनु पर्ने आवश्यकता बोध गर्दै केन्द्रको सट्टा यस वर्षको शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा नै आयोजना गरिएको नेपाली कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
बर्दियाका ४ वटै प्रादेशिक क्षेत्रमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य किशोरसिंह राठौरको प्रमुख आथित्य तथा र जिल्ला सभापति एंव सिचाईमन्त्री संजयकुमार गौतमको विशेष आतिथ्यतामा शुभकामना आदान–प्रदान तथा चियापान कार्यक्रम आयोजना हुने कंग्रेस बर्दियाले जनाएको छ ।
चियापान तथा शुभकामना कार्यक्रममा प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्ष तथा समानुपातिक निर्वाचन तर्फ लोकप्रिय तथा जनाधार भएका उम्मेदवारहरुको बारेमा छलफल गरि क्षेत्रीय कार्यसमितिले उपयुक्त ब्यातिmहरुको सिफारीस समेत गर्ने कंग्रेस नेता बिद्याप्रसाद खनालले बताए ।
Comments
Post a Comment