स्वदेशभित्रै उद्यम तथा रोजगार गर्न युवाहरुलाई प्रोत्साहन दिनुपर्नेमा जिल्ला युवा कार्यालयका प्रमुख रेग्मीको जोड


पी सी एन

बर्दिया,२५असोज। जिल्ला युवा समितिको कार्यालय बर्दियाका प्रमुख नीलकण्ठ रेग्मीले राष्ट्रनिर्माणमा महत्वपुर्ण भुमिका खेल्ने युवाहरुलाई राज्यका हरेक निकायमा प्राथमिकता दिनुपर्ने बताएका छन् ।
प्रेस क्लब अफ नेपालसंगको साक्षात्कारमा प्रमुख रेग्मीले देश विकासमा महत्वपुर्ण भुमिका खेल्न सक्ने युवाहरुलाई जीवनोपयोगी सीप,उधमशीलता तथा रोजगारी सम्बन्धि परामर्श , खेलकूद तथा प्रतिभा विकासमा राज्यले सहजिकरण गर्दे स्वदेशभित्रै उद्यम तथा रोजगार गर्न युवाहरुलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
देश विकासमा महत्वपुर्ण भुमिका खेल्न सक्ने १६देखि ४०बर्ष उमेर समुहका युवाहरु आफनो देश  बनाउने बेलामा विदेशमा गई पसिना तथा श्रम बगाई रहेको तीतो यर्थाथ हाम्रो सामु रहेको बताउदै उनले स्वदेशभित्रै रोजगारी र उद्यम व्यवसाय गर्ने उपयुक्त वातावरण सृजना गर्न सरकार,निजी क्षेत्रले विशेष चासो दिनुपर्ने धारणा राखे ।
उनले युवाहरुलाई विकास निर्माण,जनश्रमदान,समाज सेवा,रक्तदान जस्ता रचनात्मक कार्यक्रममा परिचालन गर्न राज्यले विशेष ध्यान दिनुपर्ने बताउदै लागु औषध दुव्र्यसनीमा फसेका युवाहरुलाई दुव्र्यसनीबाट मुक्त गर्न विद्यालय, कलेज तथा गाउगाउमा सचेतना कार्यक्रम संचालन गरिनुपर्ने बताए ।
 २०७३साल माघ २८गते बर्दियामा स्थापना भएको जिल्ला युवा समितिको कार्यालयले युवाहरुलाई ब्युटिपार्लर तालिम,उधमशीलता तालिम र युवा प्रतिभालाई सम्मान तथा युवाहरुलाई बिविध विषयमा परामर्श प्रदान गर्दे आएको जानकारी दिदै प्रमुख रेग्मीले बर्दियाका युवाहरुलाई दीपावली र छठको शुभकामना समेत प्रकट गरेका छन् । 


Comments