पी सी एन
बर्दिया,३० असोज । ‘हात धोऔँ, रोगबाट बचौँ’ भन्ने नाराका साथ आइतवार सातौँ विश्व हात धुने दिवस बर्दिया लगायत नेपालभर विभिन्न कार्यक्रम गरी मनाइएको छ ।
जिल्ला खानेपानी ,सरसरफाई तथा स्वच्छता समितिको आयोजनामा आईतवार गुलरियामा खानेपानी तथा सब डिभीजन कार्यालय अगाडि संयौ सर्वसाधारणलाई ६ चरणमा साबुन पानीले हात धुन सिकाएर दिवस मनाईएको छ । सोही अवसरमा जिल्ला खानेपानी तथा सरसफाई सब डिभीजन कार्यालय कार्यालयको पर्खालमा सरसफाई सम्बन्धि चेतनामुलक फेलेक्सहरु पनि झुण्डाईएको छ ।
सो कार्यकममा बोल्दै जिल्ला खानेपानी तथा सरसफाई कार्यालयका प्राविधिक नायब सुब्वा छविलाल बास्तोला,खानेपानी उपभोक्ता महासंघका जिल्ला अध्यक्ष टिका शमशेलीले राम्रोसँग साबुन पानीले हात धोएमा झाडापखाला, श्वासप्रश्वाससम्बन्धी सङ्क्रमण, नवजात शिशुको मृत्युदर जस्ता समस्याबाट ४० प्रतिशत बच्न सकिने बताए ।
हात धुने बानीको विकास गर्न र यसको महत्वबारे बुझाउन हरेक वर्ष अक्टोबर १५ तारिखलाई विश्व हात धुने दिवसको रुपमा मनाईंदै आएको छ । संयु्क्त राष्ट्रसंघको आह्वानमा सन् २००८ देखि नेपालले पनि यो दिवस मनाउन थालेको हो ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले सन् २०१४ मा गरेको अध्ययनले १३ प्रतिशत नेपालीले मात्र राम्रो सँग हात धुने गरेको देखाएको छ । केन्द्रका अनुसार नेपालमा झाडापखालाबाट ज्यान गुमाउनेमध्ये ८८ प्रतिशतको सरसफाइ र खानेपानीको अभाव तथा ठीकसँग हात नधोएकै कारणले हुने गरेको छ । साबुन पानीले मिची मिची हात धोएमा नवजात शिशुको मृत्युदर उल्लेखनीय रुपमा घटाउन सकिने विशेषज्ञले बताएका छन् । साबुन पानीले हात धोएमा झाडापखाला जस्ता रोगलाई ४० प्रतिशत र श्वासप्रश्वास सम्बन्धी संक्रमणलाई २३ प्रतिशतले घटाउन सकिने उनीहरुको भनाई छ । विश्वमा सरसफाईमा ध्यान नर्पुयाउँदा हरेक वर्ष लाखौं बालबालिकाको ज्यान जाने गरेको छ ।
Comments
Post a Comment