Skip to main content
बर्दियामा १५१४ जना म्यादी प्रहरी छनौट
पी सी एन्
बर्दिया,१२ कार्तिक । मंसिर २१गते हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सुरक्षाका लागि आज बर्दियामा १५१४ जना म्यादी प्रहरी छनौटमा परेका छन् ।म्यादी प्रहरीका लागि आवेदन दिएका ६९३३ जना मध्ये २८७४ जनाको नाम लिखितमा प्रकाशित गरिएकोमा जिल्ला प्रहरी कार्यालयले अन्र्तवार्ता लिई १५१४जनालाई म्यादी प्रहरीमा छनौट गरेको हो ।
छनौटमा परेकाहरुको सोमवार बिहान ८बजेबाट गुलरियास्थित कर्भड हलमा जम्मा गरि आवश्यक निर्देशन दिनुका साथै तालिमको शुरुवात गरिने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक श्यामजंग शाहले बताए ।
म्यादी प्रहरीमा छनौटमा परेकाहरुको जिल्ला प्रहरी कार्यालय मातहतमा गुलरियास्थित कर्भड हलमा र जिल्लाका क श्रेणीका ईलाका प्रहरी कार्यालयहरु पााताभार,भुरिगाउ,बनियाभार,बांसगढी,ढोढरी,राजापुर,मैनापोखरमा कार्तिक २४गतेसम्म १३ दिने तालिम संचालन हुने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक शाहले बताए।
प्रतिनिधि सभाका लागि २ र प्रदेश सभाका लागि ४ निर्वाचन क्षेत्र रहेको कुल २लाख ७२हजार ४७७ मतदाता रहेको बर्दियामा १५३ मतदानस्थलका ३२९ मतदान केन्द्रमा नेपाल प्रहरीसंगै आईतवार छनौटमा परेका म्यादी प्रहरी पनि खटिने जिल्ला निर्वाचन कार्यालय बर्दियाका प्रमुख पवन शाहीले बताए । निर्वाचनमा खटिने म्यादी प्रहरीको कार्याविधि ५५दिनको हुनेछ ।
Comments
Post a Comment