पी सी एन्
बर्दिया,२४ असोज । प्रेस क्लब अफ नेपालका सल्लाहकार एंव नेपाल पत्रकार महासंघ बांकेका पुर्व अध्यक्ष शुक्रऋृषि चौलागाँइलाई पितृ शोक परेको छ ।
राजापुर नगरपालिका वडा नं ८ ओस्ताजपुरमा बस्दै आएका उनका ७९बर्षीया बुवा शिवलाल चौलागाईको मंगलबार बिहान निधन भएपछि चौलागाईलाई पितृ शोक परेको हो ।
एक्कासी बेहोस भएका चौलाँगाईका पिताको राजापुर नगरपालिका पडा नं८ ओस्ताजपुरस्थित घरमा बिहान ५बजे निधन भएको पारिवारिक स्रोतले जनायो ।
स्वर्गीय शिवलालको कर्णाली नदीस्थित राजापुर सतीघाटमा बुधबार बिहान ८ बजे दाहसंस्कार गरिने कार्यक्रम छ ।
नेपाल पत्रकार महासंघका केन्द्रिय उपाध्यक्ष विपुल पोखरेल,नेपाल प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्रि सिग्देल,प्रेस क्लब अफ नेपालका केन्द्रिय अध्यक्ष यमनाथ घिमिरे,प्रेस युनियनका केन्द्रिय उपमहासचिव प्रेम के सी, नेपाल पत्रकार महासंघ बर्दियाका अध्यक्ष राजेन्द्रप्रसाद धिताल,प्रेस युनियन बर्दियाका अध्यक्ष बिनयराज भण्डारीले चौलागाईका पिता शिव चौलागाईको निधनप्रति गहिरो दुःख ब्यक्त गर्दे शोक सन्त्रप्त परिवार प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
Comments
Post a Comment