कांग्रेस बर्दियाको “थिंक टयांक र गुड एडभाईजर” का रुपमा चिनिने महासमिति सदस्य एंव नेपाली कांग्रेस बर्दियाका पुर्व सचिव बिद्याप्रसाद खनाल संविधान तथा कानुनविद् पनि मानिन्छन् । कानुनमा स्नातक गरेका खनाल बर्दियाका राम्रा अधिवक्ता पनि मानिन्छन् ।
२०२६साल चैत्र २८गते शुक्रवार दैलेख जिल्लाको साततलामा जन्मि डेढ बर्षको कलिलो उमेरमा बर्दिया आई भुरिगाउमा नियमित बसोबास गर्दे आएका बिद्याप्रसाद खनालले २०४३सालमा चुरे क्याम्पस बगनाहबाटएस एल सी उर्तीण गरेका हुन ।
एस एल सी उर्तीण २०४४ सालमा मध्य तथा सुदूरपश्चिमको उच्च शिक्षाको प्रमुख थलोको रुपमा रहेको महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजमा भर्ना भई त्यहाबाट बी एल पनि उर्तीण गरेका हुन ।महेन्द्र बहुमुखी क्याम्सप अध्यययन गर्दा नेपाल बिद्यार्थी संघमा आवद्ध भई बिद्यार्थी राजनीतिबाट राजनीतिमा प्रवेश गरेका खनालले २०४६सालको ऐतिहसिक जनआन्दोलनमा भुरिगांउ क्षेत्रमा पञ्चायत बिरुद्ध कालो झण्डा गाडने,पर्चा पम्फिलेट छर्ने र स्कुल बन्द गराउने गतिविधि संचालन गरि नेपाली कांग्रेस र प्रजातन्त्रको पक्षमा जनलहर सृजना गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरीको मोस्ट बान्टेड सुचिमा समेत रहेका थिए ।
२०४९सालमा स्थानीय शान्ति समिति नेउलापुरको सचिव बनेका त्यागी, निष्ठावान सन्त नेता खनालले २०४८ सालको आम निर्वाचन र २०४९ सालको स्थानीय निकायको निर्वाचनमा नेपाली कांग्रेसको प्रमुख कैम्पेनर अर्थात अभियानकर्ताको भुमिका समेत निर्वाह गरेका थिए। २०४९सालमा ने वि संघ महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको सहसचिव,२०४९ देखि २०५२सम्म स्वतन्त्र बिद्यार्थी युनियनको उपसभापति बनेका उनी २०५२सालमा ने वि संघ बर्दियाको उपाध्यक्ष र सचिव बनेका हुन । २०५३ सालको नवौ महाधिवेशनबाट नेपाली कांग्रेसको निरन्तर क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुदै आएका खनाल २०५८ सालमा नेपाली कांग्रेस बर्दियाको सहसचिव,२०५९देखि दुई कार्यकाल जिल्ला सचिव भएका छन् भने तेह््रो महाधिवेशनमा झिनो मत अन्तरले पार्टीको जिल्ला सभापतिमा पराजित भएका थिए ।
२०६२÷६३को दास्रो जनआन्दाृेलनमा ७ पार्टी मध्ये नेपाली कांग्रेसका तर्फबाट प्रमुख अभियन्ता बनेका खनाल सुकुम्वासीको पक्षमा आवाज उठाउदा २०५३ सालमा प्रहरी गिरफतारी र हिरासतमा समेत परेका खनालका श्रीमती ,१ छोरा र २ छोरी छन् ।
Comments
Post a Comment