बर्दिया,३०असोज । जिल्ला कृषि विकास कार्यालय बर्दियाका वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले असोज महिनाको तेस्रो सातादेखि गुलरिया नगरपालिका वडा न १०को थारु पर्सिया, मधुवन नगरपालिका र बढैयाताल गाउपालिकाको कण्ठपुर शीतलाबजार लगायतका स्थानहरुमा फैलिएको फौजी किराको प्रकोप नियन्त्रणमा किसानहरुले पनि उच्च सर्तकर्ता अपनाउनु पर्ने बताएका छन् ।
प्रेस क्लब अफ नेपाल (पी सी एन) संगको साक्षात्कारमा उनले बर्दियाका बिभिन्न स्थानका १हजार बिगाह क्षेत्रफलमा लगाईएको धानबालीमा देखापरेको फौजी किराको प्रकोप नियन्त्रण गर्न जिल्ला जिल्ला कृषि विकास कार्यालय गुलरियाले निःशुल्क रुपमा बिषादी बितरण गर्दे आईरहेको बताउदै प्रकोप देखापरेका किसानहरुलाई कार्यालयमा आई निशुल्क रुपमा बिषादी लिएर धानबालीमा छर्कन सुझाव दिए । अधिकृत रावतका अनुसार कार्यालयले हालसम्म ३० भन्दा बढि किसानहरुलाई निःशुल्क औषधी बितरण गरिसकेको छ ।
अधिकृत रावतले ईमिडोक्लोप्रिड नामक बिषादी २मिली प्रतिलिटर पानीमा मिसाएर ५ दिनको फरकमा पुरै बोट भिज्ने गरि कम्तिमा ३पटक स्प्रे गर्न समेत किसानहरुलाई सल्लाह दिएका छन्।
उनले बिषादी स्प्रे गरेको ३० दिनसम्म सो क्षेत्रको कुनै पनि उपभोग्य वस्तु ३०दिनसम्म उपभोग नगर्न समेत सबैमा अनुरोध गरेका छन् ।
फौजी किराको प्रकोपबाट धानबालीमा पर्न सक्ने क्षति कम गर्न वरिष्ठ कृषि विकास अधिकृत रावतले आफनो खेतबारीको नियमित अवलोकन गरि धानको बाला काटे नकाटेको यकिन गर्न, धानको बाला काटेको पाईएमा बोटको गांजभित्र लार्भा भए नभएको यकिन गर्न र खेतमा किराको उपस्थििित देखिनासाथ पानी जमाउने लगायतका सर्तकर्ता अपनाउनु पर्ने बताएका छन् ।
साथै उनले थप जानकारीका लागि नजिकैको कृषि सेवा केन्द्र,स्थानीय तहमा कार्यरत कृषि प्राविधिकहरु वा जिल्ला कृषि विकास कार्यालय गुलरियामा सम्पर्क राख्न समेत अनुरोध गरको पी सी एनलाई बताए ।
Comments
Post a Comment