लालपुरमा सदभाव –याली निकालियो


पी सी एन

बर्दिया,२०असोज । बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ११को लालपुरमा शुक्रवार सदभाव –याली निकालिएको छ। 
–यालीमा स्थानीय हिन्दु,मुस्लिम थारु,मधेशी,बाहनु क्षेत्री लगायतका समुदाय, जनप्रतिनिधि,राजनैतिक दलका प्रमुख, प्रहरी–प्रशासन, बुुद्धिजीवीहरुको सहभागितामा बर्षोदेखि बिधमान धार्मिक सहिष्णुता,सामाजिक सदभाव र शान्तिलाई कायम राख्न हिन्दु मुस्लिम शिख इसाई , हामी सवै भाई भाई भन्ने नारा लगाउँदै सदभाव –याली निकालिएको हो। 
दुर्गा मुर्ति र ताजिया सेलाउने विषयलाई लिएर विवाद बढेपछिकोे असोज १५गते भएको झडपमा सात स्थानीय र दुई प्रहरी घाइते भएपछि स्थानीय प्रशासनले आईतबार साझदेखि मंगलबार बिहानसम्म लालपुर क्षेत्रमा निषेधाज्ञा तथा कर्फयु लगाई र पटक पटक वार्ता गरि अवस्था सामान्य बनाएको थियो । 
स्थानीय मुस्लिम अगुवा जाविर अलि गद्दीले असोज १५ गते लालपुरमा भएको झगडा धार्मिक नभई व्यक्तिगत भएको र व्यतिmगत झगडालाई धर्म र सम्प्रदायसंग नजोड्न सबैमा आग्रह गरे। 
कंग्रेस नेता एंव स्थानीय हिन्दु अगुवा बच्चा साहबले सदिँयौदेखि लालपुरमा बस्दै आएका थारु,मधेशी,हिन्दु,मुस्लिम समुदायका नागरिकहरु एक आपसमा  सधैभरि मिलेर बसेको र फेरि पनि मिलेरै बस्ने प्रतिबद्धता जनाए । 
हाल लालपुरको जनजीवन र अवस्था सामान्य रहेपनि सो क्षेत्रलाई उच्च सुरक्षा निगरानीमा भने राखिएको प्रहरीले जनाएको छ । 

Comments