एमाले उपाध्यक्ष बामदेव गौतम जन्मजिल्ला प्युठानबाटै चुनाव लडने


पी सी एन

बर्दिया,२२ असोज । ने क पा एमालेका उपाध्यक्ष वामदेव गौतम आफनो जन्मजिल्ला प्युठानबाटै चुनाव लड्ने भएका छन् । २०७० को संविधानसभामा प्युठान १ नम्बर क्षेत्रबाट चुनाव लडेका गौतमले त्यसताका निर्वाचन र विभिन्न कार्यक्रमहरूमा जन्म जिल्लामा सधैंका लागि फर्केको बताउँदै आएका  र सोही प्रतिबद्धता पुरा गर्न प्युठानबाट चुनाव लड्न लागेका हुन ।शुक्रबार बसेको एमाले जिल्ला कमिटीको बैठकले प्युठानबाटै प्रतिनिधिसभाका लागि उम्मेदवार बनाउन सिफारिस गरेको हो । बैठकमा जिल्ला पार्टी अध्यक्षले गौतमले यसपालि पनि प्युठान आउने चाहना राखेको जानकारी गराएपछि उनको एकल सिफारिस गरेको सचिवालय सदस्य डिलाराम थापाले बताए । ‘जिल्ला अध्यक्षसँगको टेलिफोन कुराकानीमा गौतमले प्युठान छाडदिनँ भन्नुभएको रहेछ,’ थापाले भने, ‘त्यसैले नाम सिफारिस गरेका हौं ।’बर्दियाबाट निर्वाचन लडदै आएका गौतम २०७० को संविधानसभामा प्युठान १ नम्बर क्षेत्रबाट प्रतिस्पर्धामा उत्रिएका थिए । 

Comments