गुलरियाका पशु किसानलाई निःशुल्क घांसको बीउ बितरण शुरु


पी सी एनबर्दिया, ११ कार्तिक । दुध र मासु उत्पादनमा टेवा पुरयाउने उद्देश्ययले गुलरिया नगरपालिकाको पशुसेवा शाखाले नगरक्षेत्रका  किसानहरुलाई बर्सिम तथा जै जातका हिउदे घांसको बीउ बितरण कार्य शुरु गरेको छ ।शाखाले शनिवारसम्म गुलरिया नगरपालकिा वडा नं १देखि ८ सम्मका ८००जना पशु किसानहरुलाई जनही बर्सिम घांस २ किलो र जै घांस १किलोका दरले किसानहरुलाई बितरण शुरु गरेको छ ।पशु सेवा शाखाले जै जातको घांसको बीउ शत प्रतिशत अनुदानमा र बर्सिम जातको घांसको बीउ ७५प्रतिशत अनुदानमा किसानहरुलाई बितरण गरेको पशु स्वास्थ्य प्राविधिक भरत लम्सालले बताए । आउदो मंगलबारसम्म गुलरिया नगरपालिकाको १२ वटै वडामा घांसको बीउ बितरण कार्य पुरा हुने शाखाले जनाएको छ ।


कार्तिक महिनामा छरिने बर्सिम तथा जै घांसको बीउ मंसीरमा तैयार हुने र मंसीरदेखि चैत्रसम्म ६पटक कटिंग गरि गाई,भैसी तथा खसी बाख्रालाई खुवाई हिउदे तथा सुख्खा सिजनमा दुध र मासु उत्पादन बढाउन सकिने पशु सेवा प्राविधिक महन्थी यादवले बताए ।पशु सेवा शाखा गुलरियाले नगरक्षेत्रका १७००किसानहरुलाई बितरण गर्न आवश्यक २५ ÷२५ क्वीन्टल जै र बर्सिम घांस खरिद गर्ने लक्ष्य लिएकोमा हालसम्म २०÷ २० क्वीन्टल खरिद गरि बितरण कार्य जारि राखेको छ । 

Comments