बर्दिया,१५ कात्तिक । जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले यहि कार्तिक १६ र १७ गते अर्थात बिहीबार र शुक्रवार जिल्लाभरका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधी खुवाउने राष्ट्रिय कार्यक्रमको सम्पुर्ण तैयारी पुरा गरेको छ।
प्रेसक्लब अफ नेपाल (पी सी एन )संगको साक्षात्कारमा जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख वरिष्ठ जनस्वास्थ्य प्रशासक महेन्द्रध्वज अधिकारीले जिल्लामा रहेका ६महिनादेखि ५बर्ष मुनिका ४३हजार बालबालिकालाई भिटामीन ए खुवाउन र १बर्षको उमेरदेखि ५बर्षसम्मका ३८हजार बालबालिकालाई जुकाको औषधी खुवाउन स्ववयमसेवीका हातमा औषधीहरु पठाई सम्पुर्ण तैयारी पुरा भएको बताए ।
जिल्ला स्वास्थ्य कार्यालयले जिल्लाका आठवटै स्थानीय तहमा रहेका केन्द्रहरुमा ८४१जना स्वयमसेविकाहरु मार्फत बालबालिकालाई औषधी खुवाउन सम्पुर्ण व्यवस्था मिलाएको छ । सोही कार्यक्रममा स्वयमसेवीकाहरुले मुआक फित्ताले देब्रे पाखुरा नापेर बालबालिकाको पोषणको स्थिति समेत लेखाजोखा गरि पहेलो र रातो नाप देखिएका बालबालिकाहरुको कुपोषण जांचका लागि स्वास्थ्य सस्ंथामा सिफारीस समेत गर्नेछन ।
वरिष्ठ जनस्वाथ्य प्रशासक अधिकारीले बर्दियाका ८ वटा स्थानीय तहमा कार्तिक १६ र १७ गते संचालन हुने भिटामिन ए र जुकाको औषधी खुवाउने राष्ट्रिय कार्यक्रमलाई सफल बनाउन जनप्रतिनिधि , गाउ तथा नगरपालिकामा कार्यरत कर्मचारी , स्वास्थ्य प्राविधिक ,समाजसेवी र स्वयमसेवीका सबैलाई अनुरोध समेत गरेका छन् । भिटामीन ए खुवाउँदा बालमृत्युदर कमी हुनुका साथै आँखा सम्बन्धी रोगहरु पनि निको हुने भएकाले आ–आफ्नो पायक पर्ने ठाउँमा गई आफ्ना ५ बर्षसम्मका बालबालिकाहरु भिटामिन एको साथै जुकाको औषधी खुवाउन अभिभावकहरुलाई आग्रह गरेका छन्।
बालमृत्युदर घटाउन र भिटामिन ‘ए’ को कमिका कारण आँखामा लाग्ने रोग कम गर्ने उदेश्यले सरकारले २०५० सालदेखि नेपालमा यो कार्यक्रम लागू गरेको यो अभियानबाट हरेक वर्ष करिब १२ हजार बालबालिकालाई अकालमा हुने मृत्युबाट जोगाउन सकिने जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका सुचना अधिकारी कृष्णगोपाल चौधरीले बताए ।
Comments
Post a Comment