बर्दियालाई पुर्ण सरसफाई बनाउने बारे युएन हेभिटेटसंग समन्वय बैठक सम्पन्न


पी सी एनबर्दिया,१० कार्तिक । जिल्लालाई पुर्ण सरसफाईयुक्त जिल्ला बनाउने सन्र्दभमा यु एन हेभिटेट जेनेभाबाट आएको प्रतिनिधिमण्डल  र जिल्ला खानेपानी सरसफाई तथा स्वच्छता समिती नगर खानेपानी तथा सरसफाई स्वच्छता समितिका पदाधिकारीबीच समन्वय बैठक गलरियामा शुक्रबार सम्पन्न भएको छ ।गुलरिया नगरपालिकाको सभाहलमा भएको समन्वय बैठकमा जेनेभास्थित यु एन हेभिटेटका कार्यक्रम अधिकृत मेथुस भेण्डर र जिल्ला समन्वय समितिका प्रमुख शंकरप्रसाद थारु,गुलरिया नगरपालिकाका प्रमुख मुक्तिनाथ यादव र उपप्रमुख सुशीला गिरी लगायतको सहभागिता रहेको पी सी एनले जनाएको छ ।बैठकले ठोस फोहोर व्यवस्थापन,दिशाजन्य लेदो पदार्थ व्यवस्थापन र पुर्ण सरसफाइ क्षेत्रमा स्थानीय तह र युएन हेभिटेट मिलेर काम गर्ने सहमति भएको गुलरिया नगरपालिकाका वरिष्ठ कार्यक्रम अधिकृत मुकुन्द अर्यालले बताए ।जेनेभाबाट आएको युएन हेभीटेट सहित जिल्ला तथा नगर सरसफाई समितिले शुक्रबारै गुलरिया नगरपालिकाले निर्माण गरेको लेन्डफिल साईट,दिपेन्द्रनगर प्रस्तावित पार्क, दिशाजन्य लेदो व्यवस्थापन केन्द्रको स्थलगत अवलोकन गरेको गुलरिया नगरपालिकाका उपप्रमुख सुशीला गिरीले बताईन ।

Comments