बर्दिया कांग्रेसबाट पनि नाम सिफारीस, डा आरजु देउवालाई बर्दिया २ मा चुनाव लडन आवहान


पी सी एन

बर्दिया,२३ असोज । यहि मंसीर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रत्यक्ष तथा समानुपातिका पदका लागि नेपाली कांग्रेस बर्दियाले क्षेत्रीय कार्य समितिहरुबाट सिफारीस भई आएको नाम केन्द्रमा पठाएको छ । नेपाली कांग्रेस जिल्ला कार्य समितिको बैठकले क्षेत्रीय कार्य समितिबाट सिफारीस भई आएका नाम हुबहु केन्द्रमा सिफारीस गरेको हो ।
नेपाली कांग्रेसले  प्रतिनिधि सभा निर्वाचनका लागि क्षेत्र नम्बर १मा प्रत्यक्ष तर्फ जिल्ला सभापति,सांसद तथा माननीय सिचाई मन्त्री सञ्जयकुमार गौतम, किसान नेता महेन्द्रराज तिवारी र महिला नेतृ राधा झाको नाम सर्वसम्मत रुपले सिफारीस गरेको छ ।
यस्तै प्रतिनिधि सभा निर्वाचनको प्रत्यक्ष तर्फ क्षेत्र नं २ मा चार जनाको नाम सिफारीस गरिएको छ । सिफारीसमा पर्नेमा केन्द्रिय सदस्य एंव युवा जुझारु नेता किशोरसिंह राठौर,पुर्व जिल्ला सभापति एंव कार्यकर्ता माझ राम्रो पकड बनाएका अरुणप्रकाशसिंह राठौर, त्यागी नेता एंव पुर्व जिल्ला सचिव तेजबहादुर भाट  र महिला नेता मालती सोडारी रहेका छन् ।
बर्दिया क्षेत्र नं २मा प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फ चार जनाको नाम सिफारीस गरेपनि प्रधानमन्त्री पत्नी कंग्रेस नेतृ एंव सभासद डा. आरजु देउवालाई सर्वसम्मत रुपमा चुनाव लडन आवहान गरिएको जिल्ला सचिव जीवन मल्लले बताए ।  कंग्रेस नेतृ आरजु देउवालाई सर्वसम्मत रुपले २नम्बर क्षेत्रबाट चुनाव लडन आवहान एंव आग्रह गरेका छौ हाम्रो आग्रहमा सहमति जनाई उहालाई टिकट दिएमा हाम्रो जीत सुनिश्चित छ ः उनले  भने । 
प्रदेश तर्फ क्षेत्र नं १को क बाट सोदे बिष्ट,खडानन्द तिवारी र पवित्रा अर्याल र सोही क्षेत्रको ख बाट महेन्द्रकुमार शर्मा,बिजयदतm देवकोटा,महेन्द्रकुमार गिरी,सुभाष पोखरेल,राधा ज्ञवालीको नाम सिफारीस गरिएको छ । 
यस्तै प्रदेश निर्वाचनको २ नम्बर निर्वाचन क्षेत्रको क बाट ३ जनाको मात्र नामावली सिफारीस भएको छ भने ख बाट १५जनाको नाम सिफारीस भएको छ । क बाट  बिद्याप्रसाद खनाल,निर्माला वली सिफारीसमा परेका छन् ।२ नम्बर निर्वाचन क्षेत्रको ख बाट प्रदेश सभाको प्रत्यक्षमा सिफारीसमा पर्नेमा दीपकप्रसाद भण्डारी,बिनोदध्वज चन्द,चैतु थारु,चन्द्रध्वज जि. सी.,जन्मजय तिमल्सििना,नाचुराम थारु,भोजराज जोशी,भद्रबहादुर शाही,चन्द्रबहादुर चौधरी,दिपेशकुमार चौधरी,दिपनारायण श्रेष्ठ,हरिहर गौतम,जनकबहादुर धामी, संजय तिमल्सिना,लोकबहादुर कडायत,योगेन्द्रप्रसाद बजगाई लगायत छन् ।
प्रतिनिधिसभाको समानुपातिक तर्फ क्षेत्र १बाट बिरबहादुर चौधरी,भुवेनेश्वर थारु,शम्भुप्रसाद रिजाल,टिका अधिकारी,अनन्तराम थारु,यदुनाथ पौडेल,दुर्गादतm शास्त्री,गोपी पराजुली,लोहरी थारु,गोरखबहादुर खत्री ,गणेश यादव,बिनोदुकमार यादव र डोलेकुमारी रेग्मीको नाम सिफारीस भएको छ ।
प्रतिनिधि सभाको समानुपातिकका लागि बर्दिया २बाट नन्दराम तिमल्सिना,रामस्वरुप थारु,गोपालप्रसाद पौडेल,बद्रि सिग्देल,शशिराम बि क,बिमला लम्साल र सरिता शर्माको नाम क्षेत्र तथा जिल्ला कार्यसमितिले सिफारीस गरेको छ ।
प्रदेश सभा क्षेत्र नं १क बाट समानुपातिकका लागि नेत्रबहादुर रानाभाट,बलिराम थारु,शान्ति अधिकारी ,रामप्रसाद पौडेल,घनश्याम घिमिरे,भगत नेपाली,बुद्धिबहादुर रानाभाट,जुवेदा खातुन,गितादेवी चापागांईको नाम सिफारीस गरिएको छ ।
प्रदेश सभाको  समानुपातिकका लागि क्षेत्र नं १ को ख बाट विश्वनाथ यादव,मिश्रीलाल यादव,मुलचन्द यादव,श्रीनिवास बर्मा,सावित्री गौतम,स्थानेश्वर सिग्देल,राधेश्याम थारु,अकलबहादुर खत्री ,बिन्दु थारु,शोभा थापा,चन्द्रबहादुर सुनार,माधवी शर्मा ज्ञवाली,कालुराम बि क,लक्ष्मी ढकाल,भगवान गुप्ता,सुरेन्द्र बोहरा,माधवप्रसाद ज्ञवाली,रईस अहमद मनिहार,चिरञ्जिवी ज्ञवाली,किशोरीलाल थारु, राधा झा को नाम सिफारीस भएको छ । 
प्रदेश सभा क्षेत्र नं २ क का लागि छविलाल सापकोटा,जंगबहादुर मल्ल,मेकबहादुर गुरुंग,जग्गा बि क,प्रकाश रावल,लक्ष्मीदेवि पौडेल,कालिकादेवि बिष्ट,तुलसीराम काफले,डम्बर के सी,मन्जु चौधरी,सन्तबहादुर दमाई,सरस्वती शाह,डम्बरसिंह सावद,सुरेशराज योगी,जगतराम थारु,शरद राई,कृष्णराज योगी,बुेदप्रसाद भण्डारी,सिताराम बिष्ट,तारा आचार्य,धनबीर परियार,महेन्द्रकुमार भण्डारीको नाम सिफारीस गरिएको छ ।
प्रदेश सभा क्षेत्र नं २ ख को समानुपातिकका लागि भागीराम थारु,भिमलाल थारु,चन्द्रबहादुर खत्री,कृष्णकुमार बर्मा,कृष्णकुमारी पौडेल,मेनका पौडेल,मोहनराज जोशी,पदमा शाह,प्रभुराम सुनार राधादेवि अधिकारी,रामबहादुर रावलको नाम सिफारीस भएको छ ।

Comments