बर्दियामा राती १०बजेपछि देउसी भैलो खेल्न, पसल खोल्न र मदिरा बिक्री गर्न नपाइने


पी सी एन

बर्दिया,१ कार्तिक । बर्दियामा राती १०बजेपछि देउसी भैलो खेल्न पाईने छैन । जिल्लास्थित सुरक्षा निकाय, राजनैतिक दल र निजी क्षेत्रका का प्रमुख तथा प्रतिनिधि सम्मिलित सर्वदलीय बैठकले राती १० बजेपछि बर्दिया जिल्लाभर देउसी भैलो खेल्न रोक लगाएको हो । 
दीपावलीको अवसरमा हुन सक्ने बिकृति बिसंगतिहरुलाई रोकी जिल्लाभित्र शान्ति सुब्यवस्था र अमन चयन कायम गर्न बसेको सर्वदलीय बैठकले देउसी भैलो खेल्नेले घरधनीसंग करकाप जर्बजस्ती गरि दक्षिणा माग्न नपाउने  समेत निर्णय गरेको छ ।  बैठकले सामाजिक संस्कृतिमाथि खलल पुग्ने तथा सामाजिक परम्पराले स्वीकार गर्न नसक्ने पहिरनका नृत्य समेत देखाउन रोक लगाएको निमित्त प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम सीले बताए । 
सर्वदलीय बैठकले बर्दियामा मदिरा लगायतका सबै किसिमका पसलहरु राती १०बजेपछि पुर्ण रुपमा बन्द गर्नुपर्ने,दिउसो १बजेदेखि राती १०बजेसम्म मात्र मदिरा बिक्री तथा सेवन गर्न पाउने  निर्णय गरेको छ ।
यस्तै बैठकले पटाका लगायत प्रजवलनशील पदार्थले आगलागी लगायतका घटना घटनसक्ने भएकाले पटाका,आतीसबाजी,भुईचम्पाजस्ता प्रजवलनशील पदार्थको ओसारपसार एंव बिक्री बितरणमा रोक समेत लगाएको छ ।
सर्वदलीय बैठकले स्वच्छ मासु खान पाउने उपभोक्ताको अधिकारलाई सुरक्षित गर्न सम्बन्धित निकायको सहयोगमा मासु पसलहरुको अनुगमन कार्यलाई तीव्रता दिने पनि निर्णय गरेको छ । 
निमित्त प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एम सीको अध्यक्षतामा सम्पन्न बैठकमा बर्दियाका प्रहरी उपरीक्षक जनक भट्टराई,राष्ट्रिय अनुन्धान प्रमुख नरेशबहादुर शाह,नेपाली सेनाका सुरेश राज सिम्खडा, गुलरिया नगरपालिकाका उप–प्रमुख सुशीला गिरी, गुलरिया उद्योग बाणिज्य संघका अध्यक्ष बीर बहादुर चौधरी , सशस्त्र प्रहरी निरीक्षक नारायण पौडेल, माओवादी केन्द्रका केन्द्रिय सदस्य कोलराज पुरी,ने क पा एमालेका धनेश यादव,राष्ट्रिय जनता पार्टी नेपालका केशवकुमार यादव, चौधरी,राष्ट्रिय जनमोर्चाका कार्यवाहक अध्यक्ष युवराज ढकाल,संघीय समाजवादी फोरम नेपालका सचिव मलखे यादव, राप्रपाका शारदा सिंहको उपस्थिति थियो।

Comments