पी सी एन
बर्दिया, २८असोज । बर्दियाका बिभिन्न स्थानमा फैलिएको फैजी किरा नियन्त्रण गर्ने बिषादी किन्न रकम अभाव भएपछि किसानहरुलाई निशुल्क बिषादी बितरण गर्न समस्या परेको छ । अत्याधिक विषादी प्रयोग गरिने र लामो समयदेखि खडेरी परेका कारण धान भित्रयाउने बेलमा बिभिन्न स्थानमा देखिएको फौजी किराको प्रकोप हालसम्म १हजार बिगाह भन्दा क्षेत्रफलमा फैलिएको छ । फौजी किराको प्रकोप जताततै फैलिएपछि बिस्तार भएपछि जिल्ला कृषि विकास कार्यालय बर्दियामा बिषादी किन्न रकम अभाव भई निशुल्क बिषादी बितरणमा समस्या उत्पन्न भएको हो ।
गुलरियाको थारु पर्सिया र मथुराहरद्वारमा मात्र देखिएको फैजी किराको प्रकोप भैसाही,चौधरीपुर तथा बढैयाताल गाउपालिकाको शीतलबजार,कण्ठपुर लगायतका खेतका धानबालीमा फैलिएपछि फौजी किराको प्रकोप नियन्त्रण जिल्ला कृषि विकास कार्यालय बर्दियालाई निशुल्क औषधी बितरणमा समस्या उत्पन्न भएको छ ।
कार्यालयसंग मौजुदा रकमबाट बिषादी किन्न रकम अभाव देखिन थालेपछि कार्यालयले किसानहरुलाई निशुल्क उपलब्ध गराएको बिषादी बितरणमा समस्या उत्पन्न भएपछि सरकारसंग बिषादी वा बिषादी किन्न रकम मांग गरिएको छ ।
प्रेस क्लब अफ नेपाल पी सी एनसंगको साक्षात्कारमा वरिष्ठ कृषि विकास अधिकृत परशुराम रावतले कार्यालयले संग भएको ३लाख जति बजेटबाट ६० बिगाहमा देखिएको फौजी किराको प्रकोप नियन्त्रण बिषादी खरिद गरि बितरण गर्न सकिनेमा आपलुहरुले एक सय बिगाह क्षेत्रफलमा देखिएको प्रकोप नियन्त्रणका लागि निशुल्क बिषादी बितरण गरेको बताए ।
अधिकृत रावतका अनुसार फौजी कीरा नियन्त्रणका धानको बोट पुरै भिज्ने गरि बिषादी छर्कदा एक बिगाह क्षेत्रफलमा एक पटकमा ५हजार मुल्य बराबरको १लिटर ईमिडाक्लोप्रिड बिषादी लाग्ने गर्दछ ।
फिल्डमा नाजुक स्थिति छ , फौजी किराले धानको बाला काटेर जमीनमा सुताई दिएको हामीसंग भएको बजेटबाट बिषादी किन्न अपुग भएपछि बाली संरक्षण निर्देशनालय,क्षेत्रीय कृषि निर्देशनालयसंग थप बजेट मांग गरेका छौः रावतले भने । उनले समयमै फौजी किराको प्रकोप नियन्त्रण नगरे पुरै धानबाली सखाप भई धानको उत्पादनमा कमि आई किसानहरुले ठुलो नोक्सानी ब्योहोर्नुपर्ने बताए ।
फौजी किराको पुतली प्रजातिको एक प्रकारको लार्भा दिउसो शान्त भएर बस्ने तर राति र बादल लागेको बेला मात्र सक्रीय भई धानको बाला काट्ने र खाने गर्दछ । सुख्खा र घमाइलो मौसममा फैलने र हुर्कने फौजी किराको नामले पनि चिनिने यो किराको हुलले एकै रातमा पनि ठूलो नोक्सानी पार्ने गरेको छ ।
फौजी किराबाट धानवाली जोगाउनको लागि जिल्ला कृषि विकास कार्यालयले स्थानीय तहमा कार्यरत आफना प्राविधिक मार्फत सचेतना कार्यक्रम पनि सञ्चालन गर्ने प्राविधिक सहायक कमल तामांगले बताए ।
Comments
Post a Comment