पी सी एन
बर्दिया,१७ असोज । बर्दियाको गुलरिया नगरपालिका वडा नं. ११ लालपुरको अवस्था सामान्य भएपछि त्यस क्षेत्रमा लगाईएको निषेधाज्ञा तथा कफयु मंगलबार दिउसोबाट हटाईएको छ । कफयु तथा निषेधाज्ञा हटाईए पनि सो क्षेत्रमा सुरक्षा सर्तकर्ता भने बढाईएको र ठुलो संख्यामा प्रहरी परिचालन गरि नियमित गस्ती गरिएको स्थानीय प्रशासनले जनाएको छ ।
“निषेधाज्ञा हटाएपनि त्यहाका एक्टिभिटिजहरुलाई उच्च निगरानीमा राखेका छौ , सुरक्षा सर्तकर्ता उच्च छ तर मान्छेका नियमित कृयालकलापलाई कुनै खालको रोकटोक छैन,मान्छे आफनो सामान्य जीवनमा फर्केका छन् । ” बर्दियाका प्रमुख प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले भने ।
दुर्गा मुर्ति र ताजिया सेलाउने विषयलाई लिएर विवाद बढेपछिकोे झडपमा सात स्थानीय र दुई प्रहरी घाइते भएपछि आईतबार साझबाट लगाईएको निषेधाज्ञा तथा कर्फयु त्यस क्षेत्रको अवस्था समान्य बनेपछि मंगलबार दिउसोबाट प्रशासनले हटाएको हो ।
यसैबीच सामाजिक सदभाव बढाउन सदभाव –याली निकालेमा प्रशासनले सहयोग गर्ने प्रमुख जिल्ला अधिकारी भटराईले बताए । झडपमा घाईते भएका सबै जना उपचार पछि घर फर्केका छन् । गुलरिया—नेपालगन्ज सडक खण्ड अन्तर्गत पर्ने लालपुरमा सवारी साधन नियमित रुपमा संचालनमा आएका छन् । त्यस क्षेत्रको जनजीवन पुर्ण रुपमा सामान्य अवस्थामा फर्केको छ ।
Comments
Post a Comment