बर्दिया,१५ कात्तिक । नेपाली कांग्रेसले लागि जनता माझ राम्रो पकड जमाएका ,लोकप्रिय ,जुझारु ब्यातीत्वहरुलाई बर्दिया जिल्लाका लागि प्रतिनिधि सभा र प्रदेश सभाका उम्मेदवार बनाउने निर्णय गरेको छ।
कंग्रेस संसदीय बोर्डले लामो छलफल पछि योग्य र सक्षमहरुलाई बर्दियामा उम्मेदवारको रुपमा अगाडि सारेको छ ।
नेपाली कांग्रेसले प्रतिनिधि सभाका क्षेत्र नं १लागि कंग्रेस बर्दियाका सभापति एंव सिचाई मन्त्री संजयकुमार गौतम र २ का लागि हालै मात्र नेपाली कांग्रेसमा प्रवेश गर्नुभएका भुमिसुधार मन्त्री गोपाल दहितलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
प्रदेश तर्फ प्रदेश १को १मा महासमिति सदस्य सोदे बिष्ट,प्रदेश १को २मा पुर्व सांसद एंव जननेता राधाकृष्ण थारुका छोरा मंगलप्रसाद थारु , प्रदेश २को १मा क्षेत्रीय सभापति रामचन्द्र थापा र प्रदेश २को २मा नाचुराम चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको कंग्रेस महामन्त्री संशाक कोईरालाले पी सी एनलाई बताए ।
५२ प्रतिशत भन्दा बढि थारु आदिवासी जनजातिहरुको बसोबास रहेको बर्दियामा नेपाली कांग्रेसले प्रदेश र प्रतिनिधि सभाका कुल ६ उम्मेदवार मध्ये ३जनालाई उम्मेदवारएर थारु आदिवासीलाई पार्टीले ठुलो स्थान दिएको र सम्मान गरेकोमा कंग्रेसजनहरु उत्साहित छन्।
नेपाली कांग्रेसले अत्यन्तै लोकप्रिय र जुझारु ब्यातिmत्वहरुलाई टिकट दिएकाले कार्यकर्तामा ठूलो उत्साह देखिएको छ ।
नेपाली कांग्रेसले बाजागाजाका साथ भोली दिउसो १बजे उम्मेदवारी दर्ता गर्ने कार्यक्रम रहेकोले उम्मेदवारी दर्ता कार्यक्रममा उपस्थितिका लागि सम्पुर्ण नेता तथा कार्यकर्तालाई उपस्थितिका लागि अनुरोध गरेको छ ।
Comments
Post a Comment