सुशासन,विकास र लोकतन्त्र र नागरिक स्वतन्त्रताको रक्षाका लागि कंग्रेसलाई जिताउनु पर्छ :पुर्व सांसद मंगल थारु


पी सी एन
बर्दिया,२४कार्तिक । जननेता स्वर्गीय राधाृकष्ण थारुका पुत्र पुर्वसांसद कंग्रेस नेता एंव बर्दिया प्रदेश सभा १ ख का सदस्यका उम्मेदवार मंगलप्रसाद थारुले बामदेव जी आफनो गाउ छाडेर प्युठान गएर जनताको नजरमा भगौडा सांसद भएको बताउदै बर्दियामा सुशासन,विकास र लोकतन्त्र र नागरिक स्वतन्त्रताको रक्षाको लागि नेपाली कांग्रेसका उम्मेदवारहलाई बिजयी गराउनु पर्ने बताए ।
आफु र आफनो दल नेपाली कांग्रेस जहिले पनि थारु आदिवासी,मधेशी,मुस्लिम,बाहुन क्षेत्री सबैको हक अधिकार र सम्मानका हरहमेहा लागि परेको बताउदै नेता थारुले खतरामा परेको लोकतन्त्र जोगाउन र बर्दियामा समृद्धि र विकासको लहर ल्याउन नेपाली कांग्रेसलाई नै जिताउनु पर्ने बताए।
पदनाहा गाउ ईकाई समितिका सभापति कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रतिनिधि सभामा समानुपातिककी उम्मेदवार तथा कंग्रेस महासमिति सदस्य मालती सोडारी,प्रदेश सभा समानुपातिक उम्मेदवारहरु बिन्दु चौधरी र जुवेदा खातुन,कंग्रेस नेता दरबारी थारु,बबई सिचाईका अध्यक्ष बलिराम थारु लगायतले मन्तब्य राख्नु भएको थियो ।

Comments