बर्दियामा युवा रोजगारी ,कलकारखाना र कृषिको विकासका लागि कंग्रेसलाई जिताउनु पर्छ : कंग्रेस महासमिति सदस्य प्रदेश सभा उम्मेदवार सोदे बिष्ट


पी सी एनबर्दिया,२९कार्तिक । नेपाली कांग्रेसका महासमिति सदस्य एंव बर्दिया १का १ प्रतिनिधि सभा उम्मेदवार सोदे बिष्टले नेपाली शताव्दीयांैदेखि विभेद र विपन्नताको पीडा भोगिराखेका दलितहरुको अधिकार, सामाजिक सम्मान र आर्थिक हैसियतमा सुधार गर्न पनि नेपाली कांग्रेलसाई जिताउनु पर्ने बताएका छन् ।नेपाली कांग्रेस जातीय छुवाछुत, उत्पीडन र विभेदलाई पूर्ण रुपमा निर्मूल गर्दै दलितहरुका अधिकार, आर्थिक समुन्नति र अन्तर्राष्ट्रिय दायित्व पूरा गर्न राष्ट्रिय दलित आयोगको प्रभावकारी परिचालन गर्न समेत लागि परेको बताउदै कंग्रेस महासमिति सदस्य बिष्टले प्रदेश तथा प्रतिनिधि सभामा नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनेमा नेपालमा अझैे उचित व्यवस्थापन हुन नसकेका वादी, मुक्त कमलरी, मुक्त कमैया, भुमिहीन,चेपाङ, राउटे तथा गन्धर्व समुदाय लक्षित रोजगारीका कार्यक्रमहरुलाई उनीहरुका परम्परागत पेशा र मौलिक पहिचानसँग प्रतिकूल नहुने गरी संचालन गर्ने प्रतिबद्धता समेत जनाए छ ।जिल्लाको बढैयाताल गाउपािलका र बांसगढी नगरपालिकाका बिभिन्न स्थानमा आयोजित कोण सभालाई सम्बोधन गर्दे बर्दिया १मा प्रदेश सभा १को १मा सदस्य उम्मेदवार बनेका एंव नेपाली कांग्रेस भनेको दलित ,मुक्तकमैया जनजाति , हिमाल ,पहाड,तराई,मधेश सबैको पार्टी भएकोले नेपाल र नेपालीको  सम्पुर्णको विकासको लागि मंसीर २१को निर्वाचनमा रुखमा मतदान गरि कंग्रेसलाई जिताउन सबैलाई आग्रह गरे । मंसीर १० र २१को प्रदेश सभाको निर्वाचन कंग्रेसले नेतृत्व गरेको लोकतन्त्रवादी र  एमालेले नेतृत्व गरेको वामपन्थी अधिनायकवादको लडाई रहेको जिकीर गर्दे नेता बिष्टले यो लडाईमा नेपाली कांग्रेसलाई मत दिएर नेपाली जनताले लोकतन्त्रको पक्षमा आफुलाई उभ्याउने विश्वास ब्यक्त गर्नुभयो । नेपाली कांग्रेसको नेतृत्वमा अब बन्ने लोकतन्त्रवादीहरुको सरकारले नेपाली जनताले चाहेको शासन र पद्धति स्थापित गरि बर्दियामा परिवर्तन,विकास ,समृद्धि , युवा रोजगारी एंव उधोगधन्दा कलकारखाना र कृषिको विकास गर्ने प्रदेश सभा उम्मेदवार बिष्टको भनाई छ ।


Comments