पी सी एन
बर्दिया, ४मंसिर । सिचाइमन्त्री समेत रहनु भएका नेपाली कांग्रेस बर्दियाका सभापति एवम प्रतिनिधि सभा १का सदस्य उम्मेदवार सञ्जयकुमार गौतमले वामदेव भुतले एमाले र माओवादीमा संभावना बोेकेका धेरै नेता तथा कार्यकर्ता साथीहरुको अवसर र पहिचान खाएको भन्दै वामदेवको दासता तोडदै नेपाली कांग्रेसलाई सहयोग गर्न आग्रह गरेका छन्।
बढैयाताल गाउपालिकाको शीतलाबजार र बोकटियामा आयोजित कोणसभामा बोल्दै कहिले प्युठान कहिले बर्दियाबाट चुनाव लडने , बर्दियाको विकासमा चासो नदिने र आफनो मात्र स्वार्थ हेर्ने वामदेवलाई एमाले र माओवादीका कार्यकर्ताहरुले चिन्नु पर्ने बताए । यो भुतले कंग्रेसलाई भन्दा बढि एमाले माओवादीलाई खाईरहेको छ । अहिले भुत भगाउने उपयुक्त बेला छ , भुत भगाउन नेपाली कांग्रेसका पक्षमा मतदान गर्नुस ः कंग्रेस सिचाईमन्त्री गौतमको भनाई छ ।
२०६२ /६३मा राजा ज्ञानेन्द्रको तानाशाही बिरुद्ध बर्दियाली नेता,जनतार पार्टीहरुको आन्दोलनमा उत्कृष्ट र प्रभावकारी नेतृत्व गर्दे सबै पार्टीका नेता तथा कार्यकर्ताको मन जितेर आन्दोलनलाई सफल बनाएको स्मरण गर्दे नेता गौतमले मंसीर २१को निर्वाचन जिताउन सहयोग गर्ने एमाले र माओवादीका कार्यकर्तालाई नै कंग्रेसका कार्यकर्ता झै उचित संरक्षण र सम्मान दिने प्रष्टाए।
बर्दिया निर्वाचन क्षेत्र न१मा ३०बर्षमा ३पटह चुनाव जितेका वामदेवले बर्दियाको विकासमा केही नगरेको स्पष्ट पार्दे कंग्रेस नेता गौतमले आफुले ५बर्षमा बर्दियालाई समृद्ध जिल्ला बनाउने,युवाहरुलाई रोजगारी हुने उधोगधन्दा तथा व्यापारको विकास गराउने र कृषि तथा पर्यटनमा क्रान्ति ल्याउने ल्याई बर्दियाली नेता तथा जनता सबैलाई सम्मानित र गौरवान्वित तुल्याउने भएकाले वामदेवको दासताको जंजीरबाट मुक्त भई आफु लगायत नेपाली कांग्रेसका उम्मेदवारहरु पक्षमा मतदान गर्न सबैमा आग्रह गरे ।
राजीतिमा विकास गर्न चाहन्छु , म तर्पाहरुलाई निराश पार्दिन तपाईहरु हामीलाई मतदान गर्नुस म तपाईहरुलाई परिवर्तन र विकास दिई यंहा अनैकौ सभावना दिन्छु ः कंग्रेस नेता गौतमको भनाई छ
लोकतन्त्र ल्याउन धेरै जिन्दाबाद मुर्दावाद गरेका युवाहरुलाई बेरोजगारी समस्याबाट मुक्तगरि स्वदेशमै रोजगारीका अवसर बढाउन छिमेकी जिल्ला धनगढी र नेपालगंजमा रहेका जस्ता औधोगिक कलकारखाना बर्दियाको कालिका र गुलरियामा स्थापना गराउने उनको प्रतिबद्धता छ । वामदेवले २४बर्षमा गर्न नसकेको विकास आफुले ४बर्षमा गरेर देखाएको प्रष्ट पार्दे सिचाईमन्त्री गौतमले ज्ञान नदीमा एक बर्षभित्र पुल निर्माण शुरु गर्ने बताए ।
गणेशपुर धधवार सडकका लागि ५करोड, बढैयाताल सोरहवा र मैनाापोखराई सिचाई गर्न ७०लाख,साना सिचाईका लागि ५करोड ,मान खोला र बबई नदी तटबन्धका लागि ४ अर्ब रकम आफुले नै बिनियिोजन गराएको सिचाईमन्त्री गौतमको भनाई छ ।
Comments
Post a Comment