पी सी एन
बर्दिया,२३ कार्तिक । नेपाली कांग्रेसका महासमिति सदस्य एंव नेपाल बिद्यार्थी संघका पुर्व जिल्ला अध्यक्ष बिजयदत्त देवकोटा नेपाली कांग्रेस क्षेत्रनं २को निर्वाचन प्रचारप्रसार एंव परिचालन समितिको संयोजकमा चयन हुनु भएको छ ।
नेपाली कांग्रेस क्षेत्रिय कार्यसमिति क्षेत्र नं २को गुलरियामा सम्पन्न भेलाले महासमिति सदस्य देवकोटाको संयोजक र कंग्रेस नेता अबुल हसन हलुवाई उपसंयोजक रहेको निर्वाचन परिचालन समिति गठन गरेको हो ।
समितिले आगामी निर्वाचनमा प्रतिनिधि सभा र प्रदेश सभामा नेपाली कांग्रेसका तर्फबाट प्रत्यक्ष एंव समानुपातिकमा उम्मेदवारहरुलाई अत्याधिक मतका साथ विजयी गराउन वृहत छलफल प्रारम्भ गरेको छ । प्रदेश तथा प्रतिनिधि सभा निर्वाचन २०७४ का सन्दर्भमा गठन भएको बर्दिया क्षेत्र नं२को निर्वाचन परिचालन समितिले प्रभावकारी प्रचार प्रसारका लागि भावी रणनीतिका सम्बन्धमा राय सुझाव समेत लिएको छ ।
समितिले जिल्ला निर्वाचन प्रचार प्रसार समिति,प्रतिनिधिसभा र प्रदेशसभाका उम्मेदवाहरुसँग आवश्यक समन्वय गरी प्रतिनिधिसभा र प्रदेशसभा अन्र्तगतका गाउपालिका तथा नगरस्तरीय र वडा स्तरीय निर्वाचन प्रचार प्रसार समिति समेत गठन गर्ने क्षेत्रिय सभापति मुुक्तिनाथ यादवले बताए ।
Comments
Post a Comment