पी सी एन
बर्दिया,४मंसीर । प्रधानमन्त्री एंव नेपाली कांग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाले पूर्व प्रधानमन्त्री एवं आफना मित्र पुष्प कमल दाहालका छोरा प्रकाश दाहालको अल्पायुमै भएको निधनको खवरले आपु मर्माहत भएको जनाएका छन् । प्रधानमन्त्री देउवाले आईतवार एक सन्देश प्रकाशित गरि मृतकप्रति हार्दिक श्रद्घान्जली र शोकाकुल परिवारजनलाई यस दुखद घडिमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
सिचाईमन्त्री समेत रहेका नेपाली कांग्रेस बर्दियाका सभापति एवम प्रतिनिधि सभा सदस्य उम्मेदवार सञ्जयकुमार गौतमले पुर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका सुपुत्र प्रकास दाहालको निधन प्रति गहिरो दुख व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली अर्पण गरेका छन् ।
चुनावी प्रचारका लागि जिल्लाको शक्तिनगर पुगेका सिचाईमन्त्री एंव कंग्रेस बर्दियाका सभापति गौतमले मुक्तकमैया र भुमिहीनलाई सम्बोधनका क्रममा माओवादी केन्द्रका अध्यक्ष एंवम पुर्व प्रधानमन्त्रीका छोरा प्रकाशको निधनको खबरले आफु स्तब्ध भएको जनाउदै दुखद घडीमा दाहालको परिवारमा धर्यधारण गर्ने शक्ति मिलोस भन्ने प्रार्थना समेत गरे ।
उनले प्रकाशको निधनले पुष्प कमल दाहालले आफनो छोरा एवम आफनो योग्य व्यवस्थापक गुमाएको टिप्पणी गरे ।
भारतीय विदेश मन्त्री सुष्मा स्वराजले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको निधनमा दुःख व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल ट्वीटरमा उनले दाहालको असामयिक निधनले आफू दुखित भएको बताएकी छन्। ‘शोकसन्तप्त परिवारप्रति गहिरो समवेदना छ,’ स्वराजले लेखेकी छन्।
प्रेस क्लब अफ नेपालका केन्द्रिय अध्यक्ष यम घिमिरेले एक शोक सन्देश प्रकाशित गरि पुर्व प्रधानमन्त्री एंवम माओावदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको छोरा प्रकाशको निधनले बाबु पुष्पकमल दाहाल र आमा सीता दाहाल तथा सिंगो माओावदी पार्टीलाई पनि क्षति पुगेको बताउदै शोक सन्तप्त सबैजना प्रति गहिरो समवेदना प्रकट गरेका छन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालका छोरा प्रकाशको आकस्मिक हृदयघात कारण आईतवार बिहन निधन भएको छ । आकस्मिक हृदयघात पछिल्लो समय युवाहरुमा बढी मात्रामा देखिएको छ । नर्भिक अस्पतालमा मुटु रोग विशेषज्ञ डाक्टर जेपी जैसवालले प्रकाशलाई दुई जना सुरक्षा गार्डले ५ बजेर ५० मिनेटमा अस्पताल ल्याएको र लक्षणहरू हेर्दा उनको ३ घन्टा अघि नै निधन भएको जानकारी दिए। ‘उनको हात चिसो भइसकेको थियो, पल्स थिएन, श्वासप्रश्वास बन्द भइसकेको थियो, ‘जैसवालले भने, ‘शरीर पनि कडा भइसकेको थियो, उनले ३ घन्टा अघि नै शरीर त्यागेको हुन सक्छ । ‘इसीजीमा पनि केही नदेखिएपछि अस्पतालले ६ बजे मृत घोषणा गरेको उनले बताए। उनका अनुसार दाहालको निधनको ९९ प्रतिशत कारण भने आकस्मिक हृदयघात नै हो । रिपोर्टमा प्रकाशले गएराती मादक पदार्थ सेवन गरेको नभेटिएको उनले बताए। ‘प्रकाशको शरीरमा कुनै चोट पनि छैन’ उनले भने, ‘ब्लड प्रेसर, डाइवेटिज केही देखिएन ।
Comments
Post a Comment