पी सी एन्
बर्दिया, ९ मंसीर । मन्त्री भएको सात दिनमा नियम बनाई १५दिनभित्र मुक्त कमलहरीहरुलाई परिचय पत्र कार्य शुरु गरेका भुमिसुधार तथा व्यवस्था मन्त्री गोपाल दहितले सम्पुर्ण मुक्त कमैयाको पुर्नस्थापना लागि आफुले मन्त्रालयबाट १अर्ब ४०करोड रकम निकासा गराईसकेको बताउदै यसै आर्थिक वर्षको आठ महिनाभित्र सम्पुर्ण मुक्तकमैयाहरुको पुर्नस्थापना भईसक्ने बताएका छन् ।
नेपाली काँग्रेसका तर्फवाट बर्दिया क्षेत्र नं. २मा प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका मन्त्री दहितले मधुवन र राजापुर नगपालिकामा आयोजित चुनावी कार्यक्रमहरुलाई सम्बोधन गर्दे मन्त्री गौतमले नेपाली कांग्रेसका वर्तमान सभापति शेरबहादुर देउवा प्रधाननमन्त्री छदा २०५७साल साउन २गते कमैया मुक्ति गरेको स्मरण गर्दे अहिले पनि संयोगले शेरबहादुर देउवा प्रधानमन्त्री र आफु भुमिसुधार मन्त्री रहेकोले आठ महिना भित्रै सबै मुक्त कमैयाहरुको पुर्न स्थापना भई अर्को नया योजना समेत शुरु हुने बताए ।
अहिलेका बर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाकै पालमा असार मसान्तसम्म सम्पुर्ण मुक्त कमैयाहरुलाई पुर्नस्थापना गर्ने १अर्ब ४० करोड रकम बिनीयोजित गरि काम शुरु गरिसकेको छु असार मसान्तसम्म बर्दिया,बांके,दांग,कैलाली र कञ्चनपुरका सम्पुर्ण मुक्तकमैयाहरुको उचित पुर्नस्थापना हुनेछ ः मन्त्री दहितले भने ।
कमैया पुर्नस्थापनाका लागि जग्गा उपलब्ध गराउन,सटटा भर्नागर्न, ३५क्यबीक काठ उपलब्ध गराउन र घर निर्माणमा सो रकम प्रयोग हुने मन्त्री दहितले प्रष्ट पारे।
कमैयाहरुको पुर्नस्थापना लगतै उनीहरुको शिक्षा,स्वास्थ्य,सीप ,भौतिक पुर्वाधार निर्माण तथा रोजगारीमा केन्द्रित भई आफुले ले ५बर्षे विशेष प्याकेज पनि ल्याउन लागेको प्रष्ट पार्दे भुमिसुधारमन्त्री एंव कंग्रेस नेता दहितले भने ः मुक्त मकमैयालाई थप शिक्षीत ,समृद्ध र आत्मर्निभर बनाउन काम लिएर आएको छु भोट मात्र माग्न आएको छैन ।
मन्त्री दहितले पौषभित्र सम्पुर्ण१३हजार मुक्त कमलहरीलाई परिचय पत्र बितरण गरि उनीहरुलाई स्कुल भर्ना हुन,छात्रबृति पाउन सजिलो तुल्याएको बताउदै उनले कमलहरी परिचय पत्र पाएका मुक्त कमलहरीहरुलाई सरकारी र गैरसरकारी क्षेत्रको जागीरमा उच्च प्राथमिकता दिने नीति सरकारले बनाउने प्रतिबद्धता जनाए ।
कार्यक्रमममा प्रदेश सभा उम्मेदवार रामचन्द्र थापा,प्रेस युनियनका केन्द्रिय अध्यक्ष बद्री सिग्देल,महासमिति सदस्य बिद्याप्रसाद खनाल,जिल्ला सदस्य कमलप्रसाद रेग्मी लगायतले बोल्नु भएको थियो ।
Comments
Post a Comment