गरिब जनतालाई धनी बनाउने पार्टी नेपाली कांग्रेस हो : भूमिसुधार मन्त्री दहित

पी सी एन
बर्दिया,१०मंसीर भुमिसुधारमन्त्री एंव नेपाली कांग्र्रेसका नेता डा. गोपाल दहितले वामपन्थीहरुको सरकार आए नेपालमा राष्ट्रिय अन्र्तराष्ट्रिय स्तरबाट नाकाबन्दी भई नेपाललाई छिमेकी र अन्य मुलुकबाट हुदै आएको सहयोग रोक्का भई देशको विकास निर्माणको गति ठप्प हुने आंशका रहेको बताएका छन् ।
२१औ शताब्दीमा नेपालले छिमेकी मुलुक र विदेशको सहयोग नलिई एक्लै विकास र प्रगति गर्न नसक्ने जिकीर गर्दे मन्त्री दहितले नेपाल र नेपालीले आर्थिक समृद्धि हासिल गर्न , नेपालको तीव्र विकास गर्न छिमेकी तथा अन्य मुलकको सहयोग लिनैपर्ने बाध्यता रहेको बताए।
बनियाभारको कुम्भरा गाउमा आयोजित चुनावी कार्यक्रममा बोल्दै भूमिसुधार मन्त्री एंव नेपाली कांग्रेसका तर्फबाट बर्दिया प्रतिनिधि सभा २का उम्मेदवार दहितले यस अघिका निर्वाचनमा बर्दिया लगायत देशभर वाम गठबन्धनले साठी प्रतिशत बहुमत ल्याउदा पनि जनतालाई परिवर्तनको अनुभुति दिलाउन नसकेको प्रष्ट पार्दे भुमिहिन सुकुम्वासी लगायत गरिब जनतालाई अभावबाट मुक्त गर्न,बेरोजगारलाई रोजगारी दिई हरेक नेपालीको आम्दानी स्तर बढाउन, नागरिकलाई मानव अधिकारको पुर्ण प्रत्याभुति दिलाउन र गरिब जनतालाई धनी बनाउन पनि नेपाली कांग्रेसलाई जिताउनु पर्ने बताए । 

वामदलहरुले  जनतालाई झुक्याएर सतmा कब्जा गरि नेपालमा कम्युनिष्ट साम्यवाद स्थापना गरि आफुहरु धनि हुने तथा  नेपाल र नेपालीलाईलाई गरिब र खोक्रो बनाउन लागि परेकोले उनीहरुलाई मंसीर २१को निर्वाचनमा पराजित गर्नुपर्ने प्रष्ट धारणा राखे । 
कार्यक्रममा प्रदेश सभा उम्मेदवार रामचन्द्र थापा,समानपातिक उम्मेदवार मालती सोडारी,महासमिति सदस्य बिद्याप्रसाद खनाल, जिल्ला सदस्य कमलप्रसाद रेग्मी लगायतले बोल्नु भएको थियो । 


Comments